कैलाली निर्वाचन क्षेत्र नं. २ (क) बाट युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस
३१, भाद्र २०७९ मोहन्याल (कैलाली) । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ क का लागि नेकपा माओवादी केन्द्रले युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस गरेको छ । पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा क बाट समानुपातिक तर्फ युवा नेता सुरेन्द्र जैसीको नाम सिफारिस भएको छ । जैसी लामो समय देखी कम्यूनिस्ट आन्दोलनमा सकृय भुमिकामा रहेका छन । उनी माओवादी आन्दोलनमा विद्यार्थी राजनीतिबाट राजनीति सुरुवात गरेका थिए । जैसीले पार्टीको संगठन विस्तारदेखि गाउँ, टोलसम्म पुगेर पार्टीका गतिविधिका बारेमा जनता तथा मतदाता समक्ष जानकारी गराएका छन् । युवाहरू माझ निकै…