बर्दगोरिया-१ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ ।

नेकपा (माओवादी केन्द्र) बर्दगोरिया १ का अध्यक्ष कौशल महतराको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य विजय बहादुर स्वार रहनु भएको थियो भने विशिस्ट अतिथिका रूपमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउद रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य बिजय बहादुर स्वारले मङ्सिर ४ मा हुन गइरहेको आम चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरे । उनले यो या त्यो पार्टी नभनी सिङ्गो रूपमा गठबन्धनका उम्मेदवारलाई कसरी जिताउन सकिन्छ भन्ने बारेमा रणनीतिक योजनासहित चुनाव केन्दित कार्यक्रममा सक्रिय हुन सुझाव दिए ।

कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउदले यसअघि पनि यहाँका जनताको अमुल्य साथ सहयोगबाट आफू निर्वाचित भएको बताउदै फेरि पनि जनताको विकास र समृद्धिका लागि अधुरो अवस्थामा रहेका कार्ययोजना पूरा गर्ने संक्लप र प्रतिबद्धतासहित भोटको अपिल गरे ।

नेपाली काङ्ग्रेस वडा नम्बर १ का सभापति दिपेन्द्र बमको स्वागत मन्तव्य मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन धिरज शाहीले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार