बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ ।

यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर २ को बौनिया गाउँसहित विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको छ ।

घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउदले बताए ।

उनले यसअघि पनि यहाँका जनताको अमुल्य साथ सहयोगबाट आफू निर्वाचित भएको बताउदै फेरि पनि जनताको विकास र समृद्धिका लागि अधुरो अवस्थामा रहेका कार्ययोजना पूरा गर्ने संक्लप र प्रतिबद्धता गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार