लोकतान्त्रिक बाम गठबन्धनको बर्दगोरिया १ र २ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन

बर्दगोरिया । लोकतान्त्रिक बाम गठबन्धन बर्दगोरिया गाउँपालिकाको पार्टी सम्पर्क कार्यालयको उद्घाटन भएको छ । पालिकाको वडा नम्बर १ र २ मा शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेको हो ।

मङ्सिर ४ गते हुन गैइरहेको चुनावलाई लक्षित गर्दै पार्टीका आन्तरिक गतिविधि र जनताको समस्या बुझ्न सहज होस भन्दै गठबन्धनको सयुक्त पार्टी सम्पर्क कार्यलयको उद्घाटन गरिएको लोकतान्त्रिक बाम गठबन्धनका कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का इन्चार्ज रामकृष्ण डगौरा थारुले जानकारी दिए ।

शुक्रबार सम्पर्क कार्यालयको उद्घाटन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) ले गरेका थिए ।

उद्घाटन कार्यक्रम प्रमुख अथितिको आसनबाट बोल्दै साउदले यो निर्वाचन भनेको एक देश र संविधानको रक्षाको लडाइ भएको बताए । उनले भने प्रतिगामीका विरुद्ध लोकतान्त्रिक बाम गठबन्धन एक चट्टानका रुपमा उभिनु पर्ने बेला आएको बताउदै आउदो निर्वाचनमा देशभर बाट साझा गठबन्धनका उम्मेदवार लाई जुनसुकै अवस्थामा पनि विजयी गराउनु पर्ने बताए ।

सोहि क्रममा उनले भने सबै जनाले आ-आफ्नो स्थानबाट गठबन्धनका उम्मेदवारलाई जिताउन र प्रतिगामी पार्टीले गरेका हर्कत हरुबारे पनि जनतालाई प्रष्ट रुपमा जानकारी गराउन जरुरी रहेको बताए ।

पार्टी सम्पर्क कार्यालय वडा नम्बर १ को कट्टीपुर चोक र वडा नम्बर २ को होटेल प्याराडाईजको पुर्व पट्टी खोलिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार