बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने: साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छ्न ।

बिहीबार बर्दगोरिया २ मा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै साझा उम्मेदवार साउदले यस्तो प्रतिबद्धता जनाएका हुन । उनले बर्दगोरिया २ मा रहेको बर्दगोरिया धाम र पिरुवा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई यहाँको विकास र समृद्धिको मार्गचित्र कोर्न सकिने बताए ।

बर्दगोरिया धाम धार्मिक तथा सास्कृतिक हिसाबले जतिसुकै चिरपरिचित छ, सोही अनुसार यसको विकास गरि आन्तरिक तथा बार्ह्य पर्यटको रोजाइ र पिरुवालाई पिक्निक स्पोर्ट्सका रूपमा बिकास गर्ने प्रतिबद्धता जनाए । यसैगरी उनले बर्दगोरिया २ मा सिचाइको व्यवस्था ,शिक्षाको पुर्वाधार ,सडक कालोपत्रे लगाएतका काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

निवर्तमान सुदुरपश्चिम प्रदेश साङ्सद समेत रहेका साउदले भने –  हरेक जनताको घर-घरमा योजना ,विकासका एजेन्डा पुराउन नसकेपनि हरेक वडा वडामा कुनै न कुनै योजना पुर्याएको दावी गरे । उनले बाकी रहेका थुप्रै योजना र अधुरा काम पूरा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट आफू उम्मेदवार बनेको भन्दै सम्पुर्ण नेता ,कार्यकर्ता र आम निर्वाचन क्षेत्र नम्बर २ (ख) का बासी आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनीलाई चुनाव चिन्ह गोलाकार भित्र हसिया हथौड़ामा भोट हाल्न आग्रह गरे ।

चुनावी गठबन्धनमा विगत लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय दलहरू एकै ठाउँमा आएको भन्दै सबैले यसका साझा उम्मेदवारलाई नै भोट गरि चुनाव जिताउन आवश्यक रहेको बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार