मोहन्याल-२मा गठबन्धनको घरदैलो; जनताद्वारा फुलमाला सहित भव्य रुपमा स्वागत
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रम तीब्र पारेको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । बिहिवार क्षेत्र नम्बर २ अन्तर्गत मोहन्याल गाउँपालिका वडा नम्बर २ पाण्डौमा गठबन्धनले चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल र प्रदेश सभा सदस्य…


















