नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी दिदै थारु
राजेन्द्र रावल २२, असोज २०७९ कैलाली । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तु डगाैरा थारुले आफुले पार्टी परित्याग गरेको जानकारी दिनु भएको छ । थारुका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गएको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनुभएको छ । थारुले हामीलाई दिएको जानकारी अनुसार पार्टीले आफुहरुलाई पार्टी निर्माणका बेला प्रयोग गरेको र अहिले चुनावको समयमा व्यवास्था गर्न लागेकाले आफुले पार्टी छाेड्न लागेको जानकारी दिनुभएको छ । थारु यश अघि नेकपा माओवाद केन्द्रमा लामो समयदेखि राजनीति गर्दै आइरहनु भएको एक परिचित अनुहार हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नु अघि थारुले नेकपा माओवाद केन्द्रमा लामो समय राजनीति…