जनताको विकास र समृद्धिका लागि गठबन्धनलाई भोट दिन आवश्यक: साउँद

बर्दगोरिया । लोकतान्त्रिक–वाम गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार नन्दबहादुर साउँद (राजेन्द्र) ले जनताको विकास र समृद्धिका लागि गठबन्धनलाई भोट दिन आवश्यक रहेको बताएका छन् ।

आइतबार कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानमा आयोजित घरदैलो तथा चुनावी कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले आफ्नो निर्वाचन क्षेत्रका जनताले भोगिरहेको समस्याका बारेमा आफू जानकार रहेको भन्दै क्रमिक रुपमा सबै समस्या समाधान हुँदै जाने प्रतिबद्धता जनाए ।

निवर्तमान प्रदेश सांसदसमेत रहेका साउँदले संविधानको कार्यान्वयनसँगै आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि पनि गठबन्धनको जित हुन आवश्यक रहेको बताए । उनले आफू प्रदेश साङ्सद रहादा यहाँका जनताको लागि थुप्रै विकास निर्माणका योजनाहरु पूरा गरेको बताउदै अब बाकी योजना र केही नयाँ कार्ययोजना पुरागर्न आफ्नो उम्मेदवारी रहेको हुँदा भोट दिन अपिल गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार