लम्कीचुहा-१० मा गठबन्धनको घरदैलो; जनताको समस्या टिपोर्ट; निर्वाचित भएलगत्तै समाधान गर्छु, साउद

लम्कीचुहा । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउदले शनिबार घरदैलो कार्यक्रम सङ्गै लम्कीचुहा नगरपालिका वडा नम्बर १० का विभिन्न स्थानमा गई त्यहाँका नागरिकले भोक्दै आएका समस्याहरुको बारेमा प्रत्येक अबलोकन ,अनुगमन तथा निरीक्षण गरेका छन ।

घरदैलो कार्यक्रममा रहेका साउदले यहाँको वडा नम्बर १० चुहा गाउँ र तोरिपुर गाउँको बिचमा रहेको पथरैया नदिको समेत अनुगमन गरेका हुम ।

अनुगमनका क्रममा त्यहाँका आम नागरिकले आफुले भोग्नु परेको समस्या साउद समक्ष राखेका हुन । जसअन्तर्गत त्यहाको मुल्य समस्या भनेको चुहा गाउँ र तोरिपुर जोड्ने पुल रहेको बताए हुन । यस्तै सोहि क्रममा त्यहाँका जनताले खेलमैदान, तटबन्ध लगाएका अन्य भौतिक संरचना अति आवश्यक रहेको बताए ।

उक्त समस्याको समाधानको बारेका जवाफ दिदै साउदले पहिलो प्राथमिकतामा रहेको चुहा गाउँ र तोरिपुर गाउँ जोड्ने पुलको लागि अरब भन्दा बढी बजेको आवश्यक्ता रहेको हुदा उक्त पुल निर्माणका लागि बहु बर्षिय योजना आवश्यक रहेको बताउदै आफु निर्वाचन भएपछि उक्त पुल निर्माणको लागि काम अगाडि बढाउने बताए । तर यहाँका जनताको सहजताको लागि यसै आर्थिक वर्षभित्र बैकल्पिक पुल व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

यस्तै अन्य भौतिक संरचना तथाअ खेलकुद मैदानको लागि भने आफु निर्वाचन भए लगतै बजेट विनियोजन गर्दै यसै आर्थिक वर्षमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुदुरपश्चिम प्रदेश सभा सदस्य पदका उम्मेदवार साउदको प्रतिबद्धता पछि त्यहाँका आमनागरिकले आफुले एकरुपताका साथ निर्वाचित गराउने कुरामा लाग्ने बताए हुन ।

चुनाबी मैदान रहेका प्रदेश सभा सदस्य पदका उम्मेदवार साउदले घरदैलो कार्यक्रममा जनताको घरघरमा पुगि भोट मात्र माग्ने कार्य नगरी त्यहाँका नागरिकको मुख्य समस्याको रुपमा रहेमा समस्यालाई पहिलो प्राथमिकताका साथ समाधान गर्ने वाचा सङ्गै ति जनताको आवश्यकता र समस्याको अनुगमन तथा निरीक्षण गरेका हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार