गठबन्धनलाइ विजयी गराउन उम्मेदवार सङ्गै पुर्वमन्त्री राठौर पनि घरदैलोमा (फोटोफिचर)

लम्कीचुहा । नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मोहन सिंह राठौर पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा सक्रिय बनेका छ्न ।

जनताको विकास र समृद्धि तथा संविधानको रक्षाको निम्ति देशमा पाँच दलिय गठबन्धनको जित आवश्यक रहेको भन्दै उनी घरदैलो अभियानमा लागिपरेका हुन । आइतबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनद्वारा लम्कीचुहाका विभिन्न स्थानमा जनताको घरदैलोमै पुगि साझा उम्मेदवारलाई भारी मतले जिताउन उनले आग्रह गरे ।

घरदैलो अभियानमा बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल, प्रदेश सभा सदस्य नन्द बहादुर साउद, समानुपातिक उम्मेदवार पुजा बुढामगर संगै थिए ।

आउदो मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि बाम लोकतान्त्रिक गठबन्धनले यहाँ घरदैलोसहित चुनावी कार्यक्रम तीब्र पारेको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार