यू-१९ विश्वकपको एसिया छनोटमा आज नेपालले ओमानको सामना गर्दै
काठमाडौँ । आइसिसी यू(१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले ओमानको सामना गर्ने भएके छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुने छ । जारी एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा युएईलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ । त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा हुदै छ । त्यस्तै अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले युएईसंग खेल्ने तालिका रहेको छ । त्यसैगरी अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् ।…















