समाचार

आज चैते दसैं पर्व मनाइँदै

आज चैते दसैं पर्व मनाइँदै

२३ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । रासस
पुरा पढ्नुहाेस्
कैलाली जिल्ला न्यायाधीश द्वारा बर्दगोरियामा न्यायिक समितिको गतिविधिबारे छलफल तथा अनुगमन 

कैलाली जिल्ला न्यायाधीश द्वारा बर्दगोरियामा न्यायिक समितिको गतिविधिबारे छलफल तथा अनुगमन 

बर्दगोरिया । कैलालीका जिल्ला न्यायाशीध दण्डपाणि लामिछानेले बर्दगोरिया गाउँपालिकाको न्यायिक समितिले गरेको कामकारबाहीको अनुगमन गरेका छन् । साथै न्यायाधीस लामिछानेले न्याय सम्पादन र अदालत बाट प्रभाह हुने सेवा सुबिधाका बारेमा जानकारी गराउनु भएको थियो । पालिकामै आएर न्यायाधीश लामिछानेले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा अनुगमन गरेका हुन् । हरेक वर्ष जिल्ला न्यायाधीशले स्थानीय पालिकाको न्यायिक समितिले गरेका कामकारबाहीका विषयमा अनुगमन गर्ने गरेका छन । संविधानले नै व्यवस्था गरेको छ । अनुगमका क्रममा उनले पालिकाको न्यायिक समितिले गरेका काम सन्तोषजनक रहेको बताए । न्यायाधीश लामिछानेले न्यायिक समिति मिनी अदालत नै भएकाले निषपक्ष रुपमा कार्यसम्पादन गर्न आग्रह समेत गरे । सो क्रममा…
पुरा पढ्नुहाेस्
रास्वपा सभापति लामिछाने पक्राउ

रास्वपा सभापति लामिछाने पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ गरेको हो । शुक्रवार आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । उच्चले जिल्लाको आदेश…
पुरा पढ्नुहाेस्
रास्वपा सभापति रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

रास्वपा सभापति रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।…
पुरा पढ्नुहाेस्
जाजरकोटमा ३ मिनेटको फरकमा लगातार दुई भूकम्प

जाजरकोटमा ३ मिनेटको फरकमा लगातार दुई भूकम्प

कैलाली । शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएको लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।
पुरा पढ्नुहाेस्
काठमाडौंको तीनकुने क्षेत्रमा कुनै पनि विरोध, प्रदर्शन र सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौंको तीनकुने क्षेत्रमा कुनै पनि विरोध, प्रदर्शन र सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौँ । काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो । समितिको निर्णय जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले काठमाडौँको तीनकुनेमा गत चैत्र १५ गते शुक्रवारको दिन राजावादीहरूले गरेको विरोध प्रदर्शन गर्दा भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताए ।  उक्त घटनामा दोषी उपर आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन नेपाल सरकार…
पुरा पढ्नुहाेस्
काठमाडौं उपत्यका विश्वको वायु प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं उपत्यका विश्वको वायु प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं । आइक्यू एअरका अनुसार केही दिनदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च रहेको छ। वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा देखिएको छ । अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २५० रहेको छ। जसलाई खतरनाक अवस्था मानिन्छ। बुधबार नेपालको एक्यूआई ३७५ देखाएको थियो। विश्वका प्रदूषित शहरमध्ये पहिलो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई ३०९ रहेको छ । मौसमविद्का अनुसार शुक्रबारदेखि वायुको वेग अधिक भएकाले बिहीबारको तुलनामा काठमाडौँमा सुधार देखिएको छ। हाल काठमाडौं उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको मौसमविद्को भनाइ छ। यता,…
पुरा पढ्नुहाेस्
बक्यौता उठाउने प्रयास गरेकै कारण मलाई हटाइयो:  कुलमान घिसिङ

बक्यौता उठाउने प्रयास गरेकै कारण मलाई हटाइयो:  कुलमान घिसिङ

काठमाडौं । शुक्रबार नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन मार्फत निष्ठाका साथ देश र जनताको सेवामा रातदिन खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गरेका छन्। घिसिङले आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले हटाएको बताए। घिसिङले भने मैले बक्यौता उठाउने प्रयास गरेकै कारण मलाई हटाइनुको प्रमुख कारण हो । सोही क्रममा उनले प्रश्न गरे के बक्यौता उठाउनु अपराध हो?, । त्यसैगरी, आफूलाई हतोत्साहित गर्न उनले राज्यको सम्पूर्ण शक्ति आफूमाथि खनिएको समेत आरोप लगाए। 'कसको स्वार्थमा राज्यको सम्पूर्ण शक्ति ममाथि खनिएको थियो नेपाली जनताले देखेका छन्,' उनले भने।
पुरा पढ्नुहाेस्
नेपाल राष्ट्रिय शिक्षक संगठनले गर्‍यो बर्दगोरियामा शैक्षिक सुधारका लागि अन्तरक्रिया

नेपाल राष्ट्रिय शिक्षक संगठनले गर्‍यो बर्दगोरियामा शैक्षिक सुधारका लागि अन्तरक्रिया

बर्दगोरिया । नेपाल राष्ट्रिय शिक्षक संगठनले शैक्षिक सुधारका लागि बर्दगोरिया गाउँपालिकाका सामुदायिक शिक्षक, शिक्षिकाहरु बिच अन्तरक्रिया कार्यक्रम गरेको छ। विद्यालयमा भर्ना दर वृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भने विद्यालयको शैक्षिक अवस्था खस्कदै जानुमा अनुशासन पनि हो त्यसैले बर्दगोरियाका केही बिधालयमा अनुशासन कम पाएको छु आगामी दिनमा शुधार गर्दै जान हुन आग्रह गरे । उनले विद्यार्थी निजी विद्यालयमा जाँदा अभिभावकले धेरै ध्यान दिने तर साुमदायीक विद्यालयमा भर्ना हुने विद्यार्थीप्रति चासो नहुनु राम्रो नभएको बताए । उनले विद्यालयको शैक्षिक सुधारका लागि पालिकाले जस्तो सुकै सहयोग…
पुरा पढ्नुहाेस्
बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ बनडेवामा निशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखाको सहकार्यमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि क को अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त शिविरवाट वडा नम्बर २ का २ सय बढी पशुधनीहरुले सेवा लिएका छन् । बिहान ८ बजेदेखी दिउँसो ३ बजे सम्म संचालन गरेको उक्त शिविरमा १ हजार २ सय ५५ पशुहरुको औषधी उपचार र २ सय ३९ लाई खोप लगाइएको पशु शाखाका पशु स्वास्थ्य अधिकृत जय प्रसाद कोईरालाले जानकारी…
पुरा पढ्नुहाेस्