बर्दगोरिया–२ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरुः समयमै परिचयपत्र लिन वडा अध्यक्षको अनुरोध

२६ चैत्र, २०८१ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ मा चैत्र २६ गते आज देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु हुने भएको छ ।

वडा अध्यक्ष गोविन्द विकले आज एक औपचारी कार्यक्रमको आयोजना गर्दै वडा कार्यालय बाट उक्त परिचय पत्र वितरण कार्य शुरु भएको जानकारी दिएका छन ।

वडा विकका अनुसार वडाले सोमबार सार्वजनिक गरेको सुचना अनुसार आज देखि वडा कार्यलय बाट उक्त परिचय पत्र वितरण गरिएको हो । आज चैत्र २६ गते देखि ३१ गते सम्म दोघरा गाउँ निवासी नागरिकहरुलाई उक्त पचिय पत्र वितरण गरिने छ ।

यस्तै बैशाख १ गते देखि ८ गते सम्म कुम्भिया गाउँ निवासी नागरिकहरुलाई उक्त परिचय पत्र वितरण गरिने छ, भने झगडपुर गाउँ निवासी नागरिकहरुलाई बैशाख ९ देखि १५ गते सम्म र वडाको बौनियाँ गाउँ र बौनिया बजार निवासी नागरिकहरुलाई बैशाख १६ गते देखि २३ गते सम्म वितरण गरिने छ । परिचय पत्र सार्वजनिक विदा को दिन बाहेक अन्य दिनहरुमा कार्यालय समय भित्र वडा कार्यालय मार्फत वितरण गरिने छ । वडामा अनावश्यक भिडभाड नहोस र काम छिटो छरितो र सहज रुपमा होस भन्दै गाउँ टोल अनुसार फरक–फरक मिति अनुसार उक्त परिचय पत्र वितरण कार्य गरेको वडा अध्यक्ष विकले बताए ।

सोही क्रममा उनले भने परिचय पत्र सम्वेदनसिल भएकोले आफ्नो परिचयपत्र आफै स्वयम आएर लिन समेत अनुरोध गरे । अन्यथा उक्त परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा फिर्ता हुने कुरा समेत जानकारी दिए ।

उक्त राष्ट्रिय परिचयपत्र बर्दगोरिया गाउँपालिका वडा नं। २ मा मिति २०७८ सालमा बायोमेट्रिक गराई आवेदन फारम भरेका वडा वासीहरूले मात्र प्राप्त गर्ने भएका छन ।

नागरिकहरूले आफ्नो परिचय खुल्ने थुप्रै कागजात बोक्नु नपरोस् भन्दै नेपाल सरकारले वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्य गरेको हो ।

राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जी करण कार्यालय, स्थानीय निकाय, बैङ्क, टेलिकम, सवारी चालक अनुमति पत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राखिएको हुन्छ ।

सूचना‘

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार