समाचार

मोहन्याल-३ रक्तदान कार्यक्रम सम्पन्न 

मोहन्याल-३ रक्तदान कार्यक्रम सम्पन्न 

बर्दगोरिया । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ३ फलेबिसौनामा रास्कोटी ठकुरी हरुको पारिवारिक संस्था मलय बम्म स्मृति अद्ययनन प्रतिष्ठान नेपाल लम्कीचुहा २ कैलालीको आयोजना र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा सोमबार एक दिने रक्तदान शिविर कार्यक्रम सम्पन्न भएको हो । रक्तदान  शिविरका आयोजक बम्म स्मृति प्रतिस्ठानका अध्यक्ष लिला जंग शाहीका अनुसार मोहन्याल गाउपालिकामा प्रहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम मलय बम्म स्मृति प्रतिस्ठान का अध्यक्ष लिला जंग शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मोहन्याल गाउपालिका का अध्यक्ष देविदत्त उपाध्याय र विशिष्ट अतिथिमा कार्यपालिका सदस्य नानी दमाई र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनक राज गिरी रहेका थिए…
पुरा पढ्नुहाेस्
कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका शाहीको सुई लगाएको २ मिनेटमै मृत्यु

कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका शाहीको सुई लगाएको २ मिनेटमै मृत्यु

सुखड : कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका एक जना युवकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ का ३५ वर्षीय निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको केही मिनेटमै मृत्यु भएको छ। सोमबार बिहान टाउको दुखेपछि शाही नजिकै रहेको दहित मेडिकल गएका थिए। मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौं गएका बेला मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महाबिर चौधरीले जन्डिस भएको भन्दै इन्जेक्सन दिएका थिए। प्रत्यक्षदर्शीका अनुसार इन्जेक्सन लगाइएपछि शाहीले तुरुन्तै खोक्न थालेका थिए। खोक्दाखोक्दै मुखबाट फिज निस्किएको र छटपटाउन थालेको बताइएको छ। झाडापखालाको उपचारका लागि त्यही मेडिकलमा गएका खडकबहादुर साउँदले भने, “मलाई सलाइन चढाएर बसेको थिएँ, निरज भाईलाई एउटा इन्जेक्सन लगाइयो।…
पुरा पढ्नुहाेस्
सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन महासङ्घको अपिलस् आन्दोलन थप चर्काउँदै

सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन महासङ्घको अपिलस् आन्दोलन थप चर्काउँदै

काठमाडौँ । शिक्षक महासङ्घले देशभरका सबै शिक्षक तथा कर्मचारीलाई काठमाडौं आउन अपिल गरेको छ । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो । अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् । उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक९कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक९कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू…
पुरा पढ्नुहाेस्
सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार आज पहेलो धातु सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो । आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
पुरा पढ्नुहाेस्
जेटि कप क्रिकेट प्रतियोगिता पुन हुने 

जेटि कप क्रिकेट प्रतियोगिता पुन हुने 

बर्दगोरिया । जिल्लाको बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ मा अवस्थित जगत तारा इङ्लिस बाेर्डिङ्ग स्कुलको आयोजनमा पुन जेटि कप क्रिकेट प्रतियोगिता हुने भएको छ । कोभिड-१९ पछि विभिन्न कारणले स्थगित भएको प्रतियोगिताले यस वर्षबाट पुन निरन्तरता पाउन लागेको विद्यालय प्रशासनले जानकारी दिएको छ । विद्यालयका अनुसार २०७२ साल बाट २०७६ साल सम्म निरन्तर हुँदै पाँचौँ संस्करण सम्म पुगेको उक्त क्रिकेट प्रतियोगिताले कोभिड-१९ पछि निरन्तरता पाएको थिएन । उक्त क्रिकेट प्रतियोगिताले यस वर्ष बाट भने निरन्तरता पाउने भएको हो ।  कैलाली जिल्लाको हाइवे क्षेत्रमा र विद्यालय तहको क्रिकेटमा जग बसाउनमा जगत तारा स्कुलको भूमिका महत्त्वपूर्ण रहेको क्रिकेट क्षेत्रका जानकार हरूको भनाइ…
पुरा पढ्नुहाेस्
नयाँ वर्षको पहिलो दिनः यस्तो छ विदेशी मुद्राको दरभाउ

नयाँ वर्षको पहिलो दिनः यस्तो छ विदेशी मुद्राको दरभाउ

रासस काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ५० पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९…
पुरा पढ्नुहाेस्
यू-१९ विश्वकपको एसिया छनोटमा आज नेपालले ओमानको सामना गर्दै

यू-१९ विश्वकपको एसिया छनोटमा आज नेपालले ओमानको सामना गर्दै

काठमाडौँ । आइसिसी यू(१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले ओमानको सामना गर्ने भएके छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुने छ । जारी एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा युएईलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ । त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा हुदै छ । त्यस्तै अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले युएईसंग खेल्ने तालिका रहेको छ । त्यसैगरी अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् ।…
पुरा पढ्नुहाेस्
आज बाट वि.सं. २०८२ नयाँ वर्ष शुभारम्भ

आज बाट वि.सं. २०८२ नयाँ वर्ष शुभारम्भ

काठमाडौँ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते अर्थात नयाँ वर्षको शुभारम्भ भएको छ । आज वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्। “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक…
पुरा पढ्नुहाेस्
हेमराज थापा (बाबुराजा) को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक

हेमराज थापा (बाबुराजा) को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक

काठमाडौं चैत्र २८ – लोकसंगीत क्षेत्रका चर्चित गायक तथा सर्जक हेमराज थापा ९बाबुराजा० को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक भएको छ। शान्ति श्री परियार र हेमराज थापा ९बाबुराजा० को सुमधुर आवाजमा रहेको यो गीतमा प्रेम, भावना र वियोगको कथा समेटिएको छ। गीतमा शब्द देव बोहरा र हेमराज थापा ९बाबुराजा० को रहेको छ भने संगीत पनि बाबुराजाले नै भरेका छन्। गीतको एरेन्ज पुष्कर खत्री ले गरेका हुन्। कुमार रानाले मिक्सिङरमास्टरीङ गरेका छन् भने रेकर्डिङ सुमन राना र खुमन राना को साथमा मरुनी डिजिटल स्टुडियो मा गरिएको हो। भिडियो पक्षमा पनि गीत निकै आकर्षक देखिएको छ। भिडियोमा कैलाश कठायत र सालिना खत्री…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–५ एक दिने बृहत् निःशुल्क स्त्रीरोग शिविर सम्पन्नः १६८ जनाले लिए सेवा

बर्दगोरिया–५ एक दिने बृहत् निःशुल्क स्त्रीरोग शिविर सम्पन्नः १६८ जनाले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोईलिभुरुवा आधारभुत स्वास्थ्य इकाई मा बुधबार एक दिने बृहत् निःशुल्क स्त्रीरोग शिविर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा बुधबार उक्त एक दिने निःशुल्क स्त्रीरोग शिविर संचालन गरिएको ईकाई प्रमुख देव चौधरीले जानकारी दिए । चौधरीका अनुसार उक्त शिविरमा १६८ जना प्रजनन उमेर समुहका महिलाहरुको स्तन क्यान्सर, अब्स्त्रेटिक फिस्तुला, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो । जसमा पाठेघरको मुखको क्यान्सर जांच १ सय जना, आङ खसेका (ग्तभचष्लभ एचयबिउकभ) को जाँच ३ जना ( १ जना रिंग पेसरी हालेको ÷ २ जना अपरेशन गर्नु पर्ने ),…
पुरा पढ्नुहाेस्