समाचार

बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा संविधान दिवसको शुभकामना व्यक्त 

बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा संविधान दिवसको शुभकामना व्यक्त 

बर्दगोरिया । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना गर्दै अध्यक्ष कुँवरले संविधानको पालना, सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारण लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन अपरिहार्य रहेको बताए। अध्यक्ष कुँवरले सामाजिक आर्थिक विकासलाई तीव्रता दिनु, राजनीतिक स्थिरता कायम गर्नु र युवाको ऊर्जा सदुपयोग गर्नु वर्तमानको आवश्यकता भएको उल्लेख गरे ।  संविधानको रक्षा र जन-धनको सुरक्षाका निमित्त सम्यमता  अपनाई Gen-Z आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना समेत प्रकट गरेका छ । साथै घाइतेहरुको  शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नु भएको छ…
पुरा पढ्नुहाेस्
बढ्यो अमेरिकी डलरको मूल्य

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ। आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको थियो। युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १० पैसा कायम…
पुरा पढ्नुहाेस्
रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना

रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । चारवटा प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । क वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । कोसी, मधेस,…
पुरा पढ्नुहाेस्
आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै

आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे ८ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२…
पुरा पढ्नुहाेस्
संसद् सचिवालयको आग्रह: जेनजी प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गरिदिनुस

संसद् सचिवालयको आग्रह: जेनजी प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गरिदिनुस

३० भदौ, काठमाडौं । संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।   संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर सामान फिर्ता गर्न भनेको हो । ‘प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको छ’ सूचनामा उल्लेख छ । यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिन पनि अनुरोध गरिएको छ । मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद सचिवालयले जनाएको छ । जेनजीको…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने 

प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने 

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेकोले कार्की  आफ्नै निजी निवासमा बसिरहेकी छिन् ।
पुरा पढ्नुहाेस्
आज राष्ट्रीय बाल: राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त 

आज राष्ट्रीय बाल: राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलल समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा  शुभकामना व्यक्त गरेका छन् ।  नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा  ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति पौडेलले  सन्देशमा बाल दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताए । सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेलले भनेका छन, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय…
पुरा पढ्नुहाेस्
प्रतिनिधि सभा विगठन लगतै सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ

प्रतिनिधि सभा विगठन लगतै सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ

काठमाडौं । पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री हुने भएकी छन्। शीतलनिवास स्रोतका अनुसार आजै पद तथा गोपनीयताको शपथ हुनेछ।   प्रतिनिधि सभा विघटन गरेरै अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको हो।   सैन्य स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भए।   राष्ट्रपति पौडेलले शुक्रबार बिहानैदेखि विभिन्न दलका नेता, प्रधानसेनापति र जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। गएराति अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि छलफल गरेका थिए।   कार्कीले संसद् विघटनसहितका मागहरू जेनजीको माग भएको र आफू पनि उक्त मागभन्दा…
पुरा पढ्नुहाेस्
जेनजीबाट घरमै कुटिए देउवा दम्पती

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।   उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।   उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।   साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ । अनलाईन खबर
पुरा पढ्नुहाेस्
पोखरामा पनि गोली प्रहार: एक जना घाइते

पोखरामा पनि गोली प्रहार: एक जना घाइते

२३ भदौ, पोखरा । जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कास्कीमा एक जना घाइते भएका छन् ।  गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरी स्रोतले जानकारी दियो । प्रहरीले गोली चलाएर काठमाडौं जेनजीहरूको मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नारा लगाइरहेका छन् । पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हानाहान चलिरहेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणको प्रयास गरिरहेको छ तर आन्दोलन झनै उग्र बनिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रको चार किल्ला…
पुरा पढ्नुहाेस्