
बर्दगोरिया । जिल्लाको बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ मा अवस्थित जगत तारा इङ्लिस बाेर्डिङ्ग स्कुलको आयोजनमा पुन जेटि कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कोभिड-१९ पछि विभिन्न कारणले स्थगित भएको प्रतियोगिताले यस वर्षबाट पुन निरन्तरता पाउन लागेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
विद्यालयका अनुसार २०७२ साल बाट २०७६ साल सम्म निरन्तर हुँदै पाँचौँ संस्करण सम्म पुगेको उक्त क्रिकेट प्रतियोगिताले कोभिड-१९ पछि निरन्तरता पाएको थिएन । उक्त क्रिकेट प्रतियोगिताले यस वर्ष बाट भने निरन्तरता पाउने भएको हो ।
कैलाली जिल्लाको हाइवे क्षेत्रमा र विद्यालय तहको क्रिकेटमा जग बसाउनमा जगत तारा स्कुलको भूमिका महत्त्वपूर्ण रहेको क्रिकेट क्षेत्रका जानकार हरूको भनाइ रहेको छ ।
यस अघि पाँच संस्करण सम्म सञ्चालन भएको प्रतियोगिताको पहिलो संस्करण आयोजक विद्यालयले जित्दा दोस्रो , तेस्रो र चौथो संस्करण को विजेता टिकापुरमा अवस्थित आर.एम.इ स्कुल भएको थियो । यस्तै पाँचौँ संस्करणको उपाधि भने लम्किचुहा नगरपालिका को बलियामा अवस्थित क्याम्ब्रिज इङ्लिस स्कुलले जितेको थियो ।

प्रतियोगिता कहिले बाट हुने ? पुरस्कार राशि कति हुने ? लगाए प्रतियोगिताको पूर्ण विवरण केही दिनमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइने विद्यालयले जानकारी दिएको छ । यस अघिका प्रतियोगिता जस्तै यो वर्ष समेत प्रतियोगिता आयोजना गर्नमा सम्पूर्ण सरोकार वाला निकायहरूको सहयोग रहने आयोजकले विश्वास लिएको विद्यालय प्रशासनले बताएको छ ।