सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार आज पहेलो धातु सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।

आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार