
काठमाडौं चैत्र २८ – लोकसंगीत क्षेत्रका चर्चित गायक तथा सर्जक हेमराज थापा ९बाबुराजा० को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक भएको छ। शान्ति श्री परियार र हेमराज थापा ९बाबुराजा० को सुमधुर आवाजमा रहेको यो गीतमा प्रेम, भावना र वियोगको कथा समेटिएको छ।

गीतमा शब्द देव बोहरा र हेमराज थापा ९बाबुराजा० को रहेको छ भने संगीत पनि बाबुराजाले नै भरेका छन्। गीतको एरेन्ज पुष्कर खत्री ले गरेका हुन्। कुमार रानाले मिक्सिङरमास्टरीङ गरेका छन् भने रेकर्डिङ सुमन राना र खुमन राना को साथमा मरुनी डिजिटल स्टुडियो मा गरिएको हो।

भिडियो पक्षमा पनि गीत निकै आकर्षक देखिएको छ। भिडियोमा कैलाश कठायत र सालिना खत्री को अभिनय देख्न सकिन्छ। शेर साउद को निर्देशनमा बनेको भिडियोलाई राज आले ले नृत्य निर्देशन गरेका हुन् भने छायांकन दुर्गा पौडेल ले गरेका छन्।

गीतलाई युट्युबमा टेकेन्द्र रोकायाको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस गीतले छोटो समयमा नै दर्शक तथा श्रोताहरूको मन जित्न थालेको छ।

