
काठमाडौँ । आइसिसी यू(१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले ओमानको सामना गर्ने भएके छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुने छ ।

जारी एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा युएईलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ ।
त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा हुदै छ ।

त्यस्तै अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले युएईसंग खेल्ने तालिका रहेको छ । त्यसैगरी अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् । त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्दैछन् ।

एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू(१९ विश्वकपमा छनोट हुनेछ । यो एकदिवसीय फर्म्याटको विश्वकप हो ।


यू(१९ विश्वकपको एशिया छनौट खेल्ने नेपाली टिममा नरेन भट्ट ९कप्तान०, अभिषेक तिवारी ९उप(कप्तान०, निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिन कुमार शर्मा रहेका छन् ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।