बर्दगोरियामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७ सय ५४ जनाले सेवा लिए

२६ चैत बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले सोमबार आयोजना गरेको एक दिने निःशुल्क पाठेघर र स्तनको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरमा ७ सय ५४ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।

भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा बर्दगोरिया गाउँपालिकाको दोदोधरा अस्पतालमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा महिलाको पाठेघरको र स्तन क्यान्सरबारे परीक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको थियो ।

जनताले घर आगनमै सेवा पाउन र समाज सेवालाई सँगसँगै लैजाने उद्देश्यले बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पाठेघर र स्तनको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।

सो शिविरमा भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्य बिज्ञ प्रमोद ढकाल, डा.बर्षा प्रसाईं ,लक्ष्मी केशरी श्रेष्ठ, राजमती गोसाई, रिता श्रेष्ठ , रोशनी बज्राचार्य , सावित्री चालिसे लगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा ७ सय ५४ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा संकास्पद २५ जना महिलालाई फ्लोअप जाँचका लागी भक्तपुर क्यान्सर अस्पताल पठाईएको बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख मिन धामीले जानकारी दिए । धामीका अनुसार ३ सय ९२ जना महिलाको स्तन सम्बन्धी परिक्षण र ३ सय ६२ जना महिलाको पाठेघर सम्बन्धी परिक्षण गरिएको थिया । सो संख्यामा १ जना पुरुषको स्तन को परिक्षण गरिएको थियो ।

कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा प्रबक्ता मिथुन गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिक्रम श्रेष्ठ र बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बिक को सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार