समाचार

पेट्रोलियम पदार्थको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य आइतबार बिहान एक बजेबाट लागू हुने गरी  घटेको छ। नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल–डिजेलको भाउ घटाउने जनाएको हो । जसमा पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ घटाएको र डिजेल/मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुने भएको छ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ…
पुरा पढ्नुहाेस्
किन फरक छ तराई र पहाडको होली ?

किन फरक छ तराई र पहाडको होली ?

काठमाडौँ । नेपाल विविधता साँस्कृतिले भरीएको देश हो । यहाँ भूगोल, जात, धर्म, समुदायका अनुसार फरक–फरक सँस्कृति पाइन्छ । यसमध्ये होली पर्व पनि हो, जुन देशैभरि मनाइन्छ । तर, पहाडमा एकदिन अघि र तराईमा एकदिन पछि मनाउने गरिन्छ । कतिपय यस्ता पर्वहरू छन् जुन फरक भुगोल, जात, धर्म, समुदायका भएपनि साझा रुपमा एकै दिन मनाइन्छ । जस्तै–दशैं, तिहार, छठ, रक्षाबन्धन, तीजलगायतका पर्वहरु हिमाल, पहाड तराईमा एकै दिन मनाइन्छ । तर, होलीचाहिँ देशैभरि मनाइने पर्व भएपनि तराई र पहाडमा फरक–फरक दिन मनाउने गरिन्छ । तराई र पहाडमा फरक–फरक दिनमा मनाइने होलीका आ–आफ्नै दन्त्यकथा, मान्यता एवं परम्परा छन् । ‘विष्णुपुराण’ अनुसार, ‘दैत्यराज’…
पुरा पढ्नुहाेस्
किसान बहुउद्देश्यीय सहकारी संस्था लि. मसुरिया शाखा द्वारा शोकमा सहानुभूति; गीता देवी चौधरीको घरमै पुगि गर्‍यो आर्थिक सहयोग 

किसान बहुउद्देश्यीय सहकारी संस्था लि. मसुरिया शाखा द्वारा शोकमा सहानुभूति; गीता देवी चौधरीको घरमै पुगि गर्‍यो आर्थिक सहयोग 

कैलाली । जिल्लाको कैलारी गाउँपालिका ९ बस्ने बसराम चौधरीले जिवनसाथी गुमाएको पिडा पोख्ने र मन बुझाउने बाटो खोजि रहेका बेला आज सान्तवना र सहानुभुतीको मलम लगाउनेगरी उनकी धर्मपत्नी गीता देवी चौधरीको शोकसभा मनाइएको छ । बहुउद्देश्यीय सहकारी संस्थाको चौमाला ईलाका प्रमुख खकेन्द्र देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी कैलारी गाउँपालिका ९ नम्बर वडा अध्यक्ष खेम चौधरी रहेका थिए । शोकसभालाई संस्थाका मसुरिया शाखा प्रमुख सुनिल चौधरीले सहजीकरण गर्नुका साथै संस्थाको बारेमा जानकारी गराएका थिए । बसरामको मृतक पत्नी किसान बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य थिईन । संस्थाबाट ऋण लिएर घरेलु उद्यम गर्दै दुख जेलो गरेरै भएपनि सुखका साथ परिवार चलेको थियो…
पुरा पढ्नुहाेस्
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै होः प्रचण्ड

जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै होः प्रचण्ड

कैलाली, २० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताउनुभएको छ । कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका…
पुरा पढ्नुहाेस्
थारु राष्ट्रिय मुक्ति मोर्चालाई सम्बोधन गर्न प्रचण्ड आज टीकापुरमा आउदै 

थारु राष्ट्रिय मुक्ति मोर्चालाई सम्बोधन गर्न प्रचण्ड आज टीकापुरमा आउदै 

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टीकापुर आउने भएका छन् । माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री दाहाल आज टीकापुर आउने भएका हुन । टीकापुर भानु चोक स्थित खुला मैदानमा हुने राष्ट्रिय सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको बताइएको छ । सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुने छन् । थारु राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले उपत्यका विशेष जिल्लाबाट समेत सम्मेलनमा प्रतिनिधि सहभागी हुने बताएका छन् ।  ‘सम्मेलनकि सबै तयारी पूरा भएको छ ।, उनले…
पुरा पढ्नुहाेस्
NTBS बोर्डिङ स्कुलले मनायो तेस्रो वार्षिकोत्सव एवम् अभिभावक दिवस

NTBS बोर्डिङ स्कुलले मनायो तेस्रो वार्षिकोत्सव एवम् अभिभावक दिवस

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको NTBS बोर्डिङ स्कुलले तेस्रो वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । विद्यालयले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रमा सुधार गर्दै अगाडि बढेको छ । विद्यालयका संस्थापक कोकिला खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरी विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्ण बहादुर कुँवरले भने शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरूको सर्वाङ्गीण विकासको निम्ति अनवरत रूपमा क्रियाशील रहेको र यसले अझै शिक्षा क्षेत्रमा परिवर्तन होस भन्दै शुभकामना व्यक्त गरे । साथै आफूले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै…
पुरा पढ्नुहाेस्
साईनिङ्ग स्टारले मनायो ८ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस 

साईनिङ्ग स्टारले मनायो ८ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको साईनिङ्ग स्टार बोर्डिङ स्कुलले ८औं बार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । बिधालयले स्थापनाको छोटो समयमा धेरै परिवर्तन र शिक्षा क्षेत्रमा फडको मार्दै अगाडि बढेको छ । बिधालयका प्रिन्सिपल गोकुल साउदको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुँवरले भने शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले अझै शिक्षा क्षेत्रमा परिवर्तन होस भन्दै शुभकामना व्यक्त गरे । साथै आफुले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर…
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि. बास्कोटीले ग¥यो विद्यार्थी द्वारा निर्मित विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामाग्रीको प्रदर्शनी

श्री महुन्याल मा.वि. बास्कोटीले ग¥यो विद्यार्थी द्वारा निर्मित विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामाग्रीको प्रदर्शनी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री महुन्याल माध्यामिक विद्यालयले विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । आइतबार विद्यालयका विद्यालय व्यवस्थापन अध्यक्ष डबल विश्वकर्माको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको हो । प्रदर्शनी कार्यक्रममा कक्षा ९ देखि १२ सम्म प्राविधिक धार तर्फ अध्ययनरत विद्यार्थीहरूले निर्माण गरेका विभिन्न विज्ञान तथा प्राविधिक सामाग्रीहरूको प्रदर्शन गरिएको थियो । जसमा इलेकट्रोनिक कार अन्य विभिन्न दर्जन बढी विज्ञान सामाग्री तथा विभिन्न प्राविधिकसँग जोडिएका सफ्टवेयरको समेत प्रदर्शनी गरिएको थियो । जसको कार्यक्रम सहभागी स्थानीय जनप्रतिनिधि, अभियान, समाजसेवी, विभिन्न अतिथि स्कुलका शिक्षक तथा विद्यार्थीहरूले प्रत्यक्ष अवलोकन गरेका…
पुरा पढ्नुहाेस्
ट्रु–मीद्वारा ट्रु–मीका उत्पादनहरूको प्रयोग र व्यवसाय विस्तारका विषयमा टिकापुरमा भव्य कार्यक्रम सम्पन्न 

ट्रु–मीद्वारा ट्रु–मीका उत्पादनहरूको प्रयोग र व्यवसाय विस्तारका विषयमा टिकापुरमा भव्य कार्यक्रम सम्पन्न 

बर्दगोरिया । अमेरिकी प्रविधिबाट सौन्दर्य सामग्री उत्पादन गर्ने कम्पनी ट्रु–मीएसएले टिकापुरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । ट्रु–डर्मा एसए प्रालिले व्यवसाय विस्तार तथा  ट्रु–मीका उत्पादनहरू प्रयोग गर्ने तरिका सिकाउन ‘ट्रु–डर्मा ट्रु–मी प्रो एन्ड ट्रु स्किन’ शीर्षकमा तालिम तथा गोष्ठीको आयोजना गरेको हो । गोष्ठीमा कैलालीका ब्युटिपार्लर संचालक तथा ब्युटिसियनहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा प्रशिक्षक सुरज नपहितले अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्रीहरू गुणस्तरीय भएकै कारण छोटो समयमा नेपालमा लोकप्रिय र उपभोक्ताले रुचाएको बताए । उनले भारतमा समेत ट्र–मीका उत्पादनहरू बिक्री वितरण गर्न थालिएको समेत बताए । टिकापुरमा आयोजित कार्यक्रममा ब्युटिसियन र कस्मेटिक व्यवसायीहरूको उपस्थिति रहेको थियो…
पुरा पढ्नुहाेस्
नोबेल माद्यामिक विद्यालयले मनायो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

नोबेल माद्यामिक विद्यालयले मनायो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वडा नम्बर १ मा रहेको नोबेल माद्यामिक विद्यालयले मनायो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले स्थापनाको १९ वर्ष पूरा भएको सुखद उपलक्ष्यमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले मनायो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालयका संस्थापक सुरेश खडकाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही रहेका थिए । यसै गरी विशिष्ट अतिथिमा गाउँपालिका कलेजका अध्यक्ष भीम बहादुर कुँवर रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले नोबेल माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने पालिकाको संस्थागत विद्यालयको उत्कृष्ट विद्यालय रहेको भन्दै…
पुरा पढ्नुहाेस्