दशकौं पछि बर्दगोरिया-४ दानुफाटामा बिजुली पुग्यो, शुक्रबार औपचारिक रुपमा उद्घाटन
बौनिया (कैलाली)। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ रहेको दानुफाटा शिविरका नागरिकले बिजुली बाल्न पाउने भएका छन । बिगत डेढ दसकदेखि अध्यारोमा रहेका उक्त शिविरका नगरिकले अब बिजुली बाल्न पाउने भएका हुन । भौगोलिक हिसाबले समेत सुगम पालिकाभित्रै बस्ने त्यहा नागरिकहरुले हाल सम्म बिजुली बत्ति बाट बन्चित रहेका थिए । उनिहरुले अब भने पहिलो चरणमा बिजुली बत्ति बाट सेवा पाउने भएका छन । राज्यले विकास र समृद्धिको चर्को कुरा सुनाईरहदा ,नेताहरूले चिल्ला कुरा र आश्वासन बाडिरहदा यो शिविरमा बस्दै आएका नागरिक भने आधारभूत सेवा सुबिधाबाटै बन्चित भएका थिए । त्यस पछि नेपाल चक्र अनलाइन खबरले समाचारको माध्यमबाट आवाज उठाउदै आएको…
















