समाचारको प्रभाव, ७ वर्ष देखि साङ्लोले बाँधिएका युवकको साहारा घरले गर्‍यो उद्वार

बर्दगोरिया (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका–११, घोडसुवा गाउँका ७ वर्ष देखि साङ्लोले बाँधिएका ३० वर्षीय युवा शुकराम चौधरीको उद्वार गरिको छ ।

उनको भाद्र ९ गते उद्धार गरिएको हो । नौलो प्रेस लगएत विभिन्न सामाजिक माध्यमबाट समाचार प्रकाश भएपछि बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाट सेवा दिदै आइरहेको साहारा घरले उनको उद्वार गरेको हो ।
बिहिवार साहारा घरका संचालक बल बहादुर बिष्ट लगाए उनको टोलिले ती युवकको उद्वार गरेको हो । 

धनगढी उपमहानगरपालिका–११, घोडसुवा गाउँमा बस्दै आएका शुकराम बिगत ७ वर्ष देखि साङ्लोमा बाँधिका थिर।  मानसिक अवस्था कमजोर भएका शुकरामलाई उनको परिवारले उपचार गर्न नसकेपछि गोठमा ‘पशु’ झैँ         साङ्लोमा बाँधेर राखेका थिए ।

शुकरामलाई यसरी साङ्लोले बाँधेको करिव ७ वर्ष भइसमेको थियो । शुकरामकी आमा कुनकी चौधरी भन्छिन्- मेरा २ छोरा छन् । जेठो छोरो शुकरामलाई मानसिक रोग लाग्यो । त्यति नै बेला ससुरा बिरामी परे । ऋण सापट गरेर ससुराको उपचार गरेँ । तर, पैसा नहुँदा छोराको उपचार गर्न सकिनँ । छोराको रोग बढ्दै गयो । हामी दिनभरि ज्याला मजदुरी गर्न जान्छौँ । घरमा छोरालाई एक्लै छोड्दा गाउँभरि भौँतारिन्छ । त्यही भएर हात बाँधेर गोठमा राखेर काममा जान्छु ।

आर्थिक अवस्था कमजोर भएकै कारण शुकराम को औषधि उपचार हुन सकेन । उनि जन्मैदेखि मानसिक रोगी भने होइनन् । उनी ८ वर्षको हुँदा एउटा दुर्घटनापछि उनी मानसिक रोगी बन्न पुगेका हुन् । एक दिन घर नजिकै जामुन टिप्न रुख चढेका शुकराम रुखबाट खसे पछि उनी यो अवस्थामा पुगेका हुन । रुखबाट खसे पछी परिवारले उनको उपचारका लागि धनगढी, महेन्द्रनगर लगाएत भारतको बरेली सम्म पुर्‍याएका थिए। तर आर्थिक अभावका कारण परिवारले उनको सामान्य उपचार मात्र गर्न सके । समयमै औषधिको मात्रा पुर्‍याउन नसकेपछि उनीलाई बिस्तार मानसिक रोगले च्याप्दै गयो । मानसिक रोगले उनलाई च्यापदै गएपछी परिवारले उनलाई साङ्लोमा बाँधेका थिए ।

उक्त समस्या लाई देखेपछि मानवअधिकार कर्मी तथ पत्रकार धनराज बिकले समाचार सम्प्रेषण गरेका थिए । उक्त समाचार सम्प्रेषण गरेको २४ घण्टा नपुग्दै बिगत लामो समय देखि विभिन्न समस्या मानसिक अवस्था कमजोर भएका असाहारा व्यक्तिको साहारा बन्दै आउनु भएका साहारा घरका संचालक बल बहादुर बिष्टको टोलिले बिहिवार उनको उद्वार गर्दै साहारा घरमा ल्याएका हुन ।
साहारा घरका संचालक बिष्टको टोलिले उनको उद्वार गरेपछि मानवअधिकार कर्मी तथा पत्रकार धनराज बिकले सामाजिक सन्याल फेस्बुक मार्फत धन्यवाद दिएका हुन ।

सामाजिक संजाल मा यस्तो लेखेका छन ।
समाचार प्रभाव : ७ बर्षदेखि देखि साङ्लोमा बाधेर गाेठमा राखेका युवाको समाचार प्रकाशित भएपछि यी  युवाको उद्धार र उपचारको लागि सहयोग गर्छौ भन्दै हिजो बुधबार राती ११ बजेको समयमा सम्झनु हुने सहारा घर बौनियाका सादक मानवीय मनका धनी आदरणीय दाजु बल बहादुर बिष्ट लाई विशेष धन्यवाद । समन्वय र सहकार्यको लागि दृष्टि फाउन्डेसन धनगढीका संचालक मनकारी आदरणीय दिदि कल्पना भट्टलाई पनि विशेष धन्यवाद । भदौ ९ गते आजै उनको उद्धार हुने भएको छ । सहयोग गर्ने भन्दै मेरो सम्पर्कमा आउनु भएका यी युवा बस्ने वडाका वडा अध्यक्ष रुप बहादुर कुवर लाई पनि धन्यवाद ।  सामाजिक संजालमा पोस्ट गर्दै गाेठमा बाधेर राखेका युवाको उद्धार र उपचारको पक्षमा लेख्नु र बोल्नुहुने सबैलाई हार्दिक धन्यवाद । समाचार प्रकाशित गर्ने नौलो प्रेस डटकम, अनुमोदन खबर, कोशी अन्लाईन परिवारलाई पनि हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु ।

यो पनि

७ वर्षदेखि साङ्लोमा बाँधिएका धनगढीका शुकरामको यस्तो छ कथा

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार