दशकौं पछि बर्दगोरिया-४ दानुफाटामा बिजुली पुग्यो, शुक्रबार औपचारिक रुपमा उद्घाटन

बौनिया (कैलाली)। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ रहेको दानुफाटा शिविरका नागरिकले बिजुली बाल्न पाउने भएका छन ।

बिगत डेढ दसकदेखि अध्यारोमा रहेका उक्त शिविरका नगरिकले अब बिजुली बाल्न पाउने भएका हुन ।  

भौगोलिक हिसाबले समेत सुगम पालिकाभित्रै बस्ने त्यहा नागरिकहरुले हाल सम्म बिजुली बत्ति बाट बन्चित रहेका थिए ।  उनिहरुले अब भने पहिलो चरणमा बिजुली बत्ति बाट सेवा पाउने भएका छन ।

राज्यले विकास र समृद्धिको चर्को कुरा सुनाईरहदा ,नेताहरूले चिल्ला कुरा र आश्वासन बाडिरहदा यो शिविरमा बस्दै आएका नागरिक भने आधारभूत सेवा सुबिधाबाटै बन्चित भएका थिए । त्यस पछि नेपाल चक्र अनलाइन खबरले समाचारको माध्यमबाट आवाज उठाउदै आएको थियो । 

त्यस पछि बर्दगोरिया गाउँपालिकाले ५ लाख रकम बिनियोजित गरेपछि त्यहाँका जनताले स्थानीय सरकार रहेको महसुस गरेका बताए । स्थानीय सरकारले बजेट बिनियोजित मात्र नगरी उक्त कार्यलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाएपछि त्यहाँ नागरिकले पनि सक्रिय भुमिका देखाउदै सहयोगमा जुटेपछी विद्युत पुग्न लागेको हो ।

बिगतका दिनमा उक्त शिविरमा विद्युत कता बाट उक्त ल्याउने भन्ने विषयमा अन्योलता भएको थियो । हाल आएर बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको न्यु लालिगुरास विद्युत सहकारी संस्थाले विद्युत लाईन बिस्तार गरेको विद्युतका प्रवन्ध निर्देश चक्र बहादुर बिष्टले जानकारी दिएका हुन । उनका अनुसार हाल विद्युत लाईन तान्ने कार्य सम्पन्न भइसकेको र वाईरिङ्ग को कार्य समेत अन्तिम चरण पुगेको छ । उनले भने वाईरिङ्ग लगाए विद्युत जडानको सम्पुर्ण कार्य भोलि बिहान सम्म सकिने बताए । उक्त विद्युत संचालनमा ल्याउन बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुट्कौका देखि उक्त शिविर सम्म बिस्तार गर्न  २७ वटा विद्युतका पोल लागेका छ्न ।       

भोलि बिहान सम्म उक्त कार्य सम्पन्न भईसक्ने हुँदा भोलि बेलुका पालिका अध्यक्ष कर्ण कुवरको प्रमुख आथित्यमा औपचारिक रुपमा विद्युत पुर्ण रुपमा संचालनमा आउने स्थानीय भल्मन्सा मसुरा चौधरीले बताए ।

उनलेे भने – हामी दशकौंदेखि बिजुली बाट बन्चित रहेका थियौं । बस्तीमा बिजुली बत्ति हनुदा आफुहरुले सोलार बत्ती र टुक्की बाट काम चलाउदै आएका थियौँ ।  विजुली बिस्तार गर्न पालिकाले दिएको ५ लाख रुपैयाँ छुट्याए पनि उक्त रकमले पुर्ण कार्य सम्पन्न हुन नसकेपछि आफुहरुले प्रति घर ३/३ हजारका दरले आर्थिक संकलन गरि उक्त कार्य सम्पन्न हुनलागेको हो ।  विगतमा बिजुलि नहुदा वर्षातको समयमा जङ्गलि जनावर, सर्प लगाएका जनावरको डरत्रास हुने, अँध्यारोका कारण बालाबालिका लाई अध्यक्षन गर्न पनि समस्या हुने गरेको मा अब बाट भने उक्त समस्या बाट मुक्त हुने बताए ।

हाल उक्त शिविरमा ३१ घरधुरी रहेका छन भने १ सय बढी नागरिकहरु बसोबास गर्दै आएका छन ।

उनले भने अब पालिकाले हाम्रा अन्य आवस्यकता जस्तै खानेपानी, स्वास्थ्य,  बालविकास सम्मको शिक्षा लगाए कुराहरु पनि आगामी दिनहरुमा पूरा हुने कुरामा आशावादी रहेका छौ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार