काठमाडौं । सोमबार बिना निष्कर्ष टुंगिएको सत्ता गठबन्धनको बैठक आज पुन: बस्नेभएको छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि बाँडफाँटमा सहमति जुटाउन सोमबार बसेको सत्त गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः बैठक बस्न लागेको हो ।
सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन । गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने बताइएको छ । ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भए पनि सहमति जुट्न नसक्दा अन्योलता बढेको छ ।