कैलालीको बर्दगोरियामा शंस्कापद वस्तु फेला

बर्दगोरिया (कैलाली) ।  कैलालीको बर्दगोरिया गाउँपालिकामा शंस्कापद फेला परेको छ । पालिकाको वडा नम्बर १ कट्टिपुर सिमलको रुख नजिकै पुर्वपश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी प्रमुख महेश बिक्रम शाहीले जानकारी दिए ।

उनका अनुसार अहिले उक्त स्थानमा प्रहरीले को टोलि खटिएको छ ।  शंकास्पद वस्तुलाई निस्क्रिय पार्न नेपाली सेनाको टोलि आइरहेको उनले बताए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने उनले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार