मुख्य समाचार

सुडानमा अलपत्र परेका १९ जना नेपालीको उद्घार

सुडानमा अलपत्र परेका १९ जना नेपालीको उद्घार

काठमाडौ । सुडानमा अलपत्र परेका नेपालीहरुको उद्घार गरिएको छ । अलपत्र अवस्थामा रहेका मध्ये १९ जनाको उद्धार गरि नेपाल फिर्ता ल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पोर्ट सुडान पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा ३० अप्रिलमा जेद्दा शहर आइपुगेका छन्। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३१ जना नेपाली सम्पर्कमा आएका थिए। जेद्दा आइपुगेका १९ जनामध्ये ६ जनाले रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईमा काम गर्ने भएका छन्। १३ जनामध्ये ८ जना आजै एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी ५ जना भोलि जजिरा एअरवेजको उडानबाट नेपाल आउने तयारी भइरहेको छ। नेपाली राजदूतावास, कायरोको सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई सुडानबाट…
पुरा पढ्नुहाेस्
आज नेपालले यूएईको सामना गर्दै

आज नेपालले यूएईको सामना गर्दै

काठमाडौँ । आज नेपाल र यूएई बीच एसीसी प्रिमियर कपको फाइनल खेलमा हुने भएको छ । कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ । सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ
पुरा पढ्नुहाेस्
घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखले दिए राजीनामा

घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखले दिए राजीनामा

१६ वैशाख, सुखड । कैलालीको एक क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेमा जिल्ला घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चेतराज बिनाडी, विभागीय प्रमुख व्यवस्थापन संकायका वीरेन्द्र कुँवर र विभागीय प्रमुख मानविकी संकायका प्रेमराज चौधरी रहेका छन् । उनीहरुको क्याम्पस सञ्चालक समितिलाई राजीनामा आफ्नो राजिनामा बुझाएका हुन् । परिवर्तित समय र परिस्थितिको माग बमोजिम आफूहरूले राजीनामा बुझाएको उनीहरूले बताएका छन् । विगत केही समय देखी क्याम्पस प्रशासनको लापरबाही, व्यापक गुटबन्दी, प्रशासनिक र पद्धतिगत अस्तव्यस्त भएको भन्दै केही प्रध्यापकहरुले आन्दोलन गरेका थिए ।
पुरा पढ्नुहाेस्
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो ।
पुरा पढ्नुहाेस्
मुख्यमन्त्री कमल बहादुर शाहद्वरा दोदोधरा अस्पतालको उद्घाटन

मुख्यमन्त्री कमल बहादुर शाहद्वरा दोदोधरा अस्पतालको उद्घाटन

बर्दगोरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नव निर्मित १५ शैया दोदोधरा अस्पतालमा औषधि उपकरणको कुनै कमि हुन नदिने बताए । शुक्रबार कैलालीको बर्दगोरिया गाउपालिकामा आयोजित १५ शैया अस्पतालको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो कुरा बताएका हुन । मुख्यमन्त्री शाहले सम्झौता अगावै निर्माणको काम सम्पन्न गरेकोमा बधाई दिदै अब उपरान्त दोदोधरा अस्पतालमा औषधि उपकरणमा कमि नहुने बताए । उनले भने बर्दगोरियाका जनताले अब औषधि उपचारका लागि बाहिर जानु पर्दैन साथै मुख्यमन्त्री शाहले स साना योजना भन्दा पनि दीर्घकालीन र आवश्यकताका आधारमा योजनाहरु छ्नौट गर्न आग्रह गरे । आवश्यकताका आधारमा योजनाहरु ल्याउनुहोस म बिकासका क्षेत्रमा काम गर्न…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा शुक्रबार १ दिने नि:शुल्क आँखा जाँच शिविर संचालन हुँदै

बर्दगोरिया-६ मा शुक्रबार १ दिने नि:शुल्क आँखा जाँच शिविर संचालन हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एक दिने निःशुल्क आँखा जाँच शिविर संचालन हुने भएको छ । च्यारिटि हेल्थ फाउन्डेसन नेपाल र बर्दगोरिया गाउँपालिकाको कार्यलाय मुडा कैलालीको समन्वय तथा श्री कृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोग भोलि बैशाख १५ गतेका दिन १ दिने नि:शुल्क आँखा जाँच शिविर संचालन हुने भएको हो । उक्त आँखा जाच शिविर बाट वडाका कोहि पनि नागरिक नछुटुन भन्दै वडाले आज नै एक सुचना जारि गर्दै सम्पुर्ण वडाका नागरिकहरुलाई जानकारी गराएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । उनका अनुसार उक्त आँखा जाच शिविर शुक्रबार भोलि बिहान १० बजे…
पुरा पढ्नुहाेस्
नेपाल दलित मुक्तिमार्चाको प्रदेश सम्मेलन धनगढीमा समपन्न

नेपाल दलित मुक्तिमार्चाको प्रदेश सम्मेलन धनगढीमा समपन्न

कैलाली । नेपाल दलित मुक्तिमार्चाको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका दलितहरुको उल्लेखनिय सहभागितामा आइतबार सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका प्रमुख अतिथि एवम् नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज परशुराम रम्तेलले शासन व्यवस्थामा परिवर्तन आएपनि दलित समुदायको जीवन व्यवहारमा सोचेजस्तो परिवर्तन नआएको बताए । समाजमा अहिलेपनि जातीय छुवाछूतका घटनाले दलित समुदायले आत्मसम्मानका साथ बाँच्न नपाएको रम्तेलले बताए । मोर्चाका केन्द्रीय संयोजक एवम् विशिष्ट अतिथि दलजीत श्रीपालीले सामाजिक विभेदका विरुद्ध सबै एक भएर आवाज उठाउनुपर्ने बताए । कानुनको सही तरिकाले कार्यन्वयन नभएसम्म समाजमा विभेद यथावत रहीरहने भएकोले सरकारले कानुनको कार्यन्वयन गर्नुपर्नेमा उनले जोड…
पुरा पढ्नुहाेस्
पत्रकार विक र महिला नेतृ विसीको दम्पती सम्मानित

पत्रकार विक र महिला नेतृ विसीको दम्पती सम्मानित

बर्दगोरिया । अन्तरजातीय विवाह गरेका नमुना जोडीलाई सम्मान गरिएको छ । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश समितिले अन्तरजातीय विवाह गरेका पत्रकार धनराज विक (अविरल) र जनकलाकार एवम् नेतृ विष्ना विसी (सपना)को नमुना जोडीलाई आईतबार धनगढीमा सम्मान गरिएको हो । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका प्रमुख अतिथि एवम् नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज परशुराम रम्तेल र मोर्चाका केन्द्रीय संयोजक एवम् विशिष्ट अतिथि दलजीत श्रीपालीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश संयोजक बिनिता ओडले अन्तरजातीय विवाह गरि सामाजिक विद्रोह गरेका जोडीको सामाजिक योगदानको मूल्यांकन र कदर गर्दै सम्मानन गरिएको बताईन् । परिवर्तनको सुरुवात…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु (फोटोफिचर)

बर्दगोरियामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु (फोटोफिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु भएको छ  । पतंजलि योग नेपाल तथा बर्दगोरिया गाउँपालिकाको आयोजनमा बैशाख १५ गते सम्म संचालन हुन लागेको उक्त योग विज्ञान महोत्सव २०८० को आज बैशाख ०९ गते औपचारिक रुपमा उद्घाटन भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम प्रमुख आथित्यमा उक्त महोत्सव शुरु भएको हो । महोत्सव उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता मिथुन गौतमले योग गरौ निरोगी बनौ भन्ने राष्ट्रिय नाराले बर्दगोरिया गाउँपालिकामा पनि स्थान पाएको बताए । पछिल्लो समयमा आम नागरिकले दैनिक…
पुरा पढ्नुहाेस्
तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना

तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना

कैलाली । सुदुरपश्चिम प्रदेश लगाए देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जनाएको छ। यस्तै आज अपरान्ह पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहने छ । यस्तै आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा…
पुरा पढ्नुहाेस्