तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना

कैलाली । सुदुरपश्चिम प्रदेश लगाए देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जनाएको छ।
यस्तै आज अपरान्ह पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखा अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जसको प्रभावले कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहने छ । यस्तै आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ। यस्तै राती कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार