बर्दगोरियामा सडक पानी पिचको काम शुरु; पालिका उपाध्यक्ष द्वारा अनुगमन
८, बैशाख २०८० बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले रोड पानी पिचको काम शुचारु गरेको छ । सोमबार मात्र गाउँपालिकाले आफुले खरिद गरेका गाडीहरु औपचारिक रुपमा संचालन मा ल्याएको थियो । गाडीहरु संचालन मा ल्याए सङ्गै पालिकाले पालिका भरका मुख्य ग्राबेल सडक हरुको पानी पिचको काम सुचारु गरेको हो । जस अन्तरगत पालिकाले पहिलो चरणमा वडा नम्बर ५ बाट उक्त रोड पानी पिचको कार्य शुरु गरेको हो । पानी पिचको काम शुचारु भए सँगै गाउँपालिकाको अनुगमन टोलिले समेत अनुगमनको कार्यलाई तिब्रता दिएको छ । जस अनुसार शुक्रबार गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेश राज गिरि, वडा नम्बर १ का वडा…














