एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको अध्यक्षमा सुनार

८ असोज २०७९ बर्दगोरिया (कैलाली) । एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा पुस्कर सुनार चयन भएका छन् ।

शनिबार भएको तेस्रो गाउँ अधिवेशनले पुस्कर सुनारको नेतृत्वमा ११ सदस्यिय कमिटी गठन गरिएको हो ।

जस्को महिला उपाध्यक्षमा वसन्ती चौधरी, सचिव जय कृष्ण देवकोटा, सह–सचिवमा रामफल चौधरी, अर्थ सचिवमा पुष्पा गुरुङ्ग चयन भएका हुन । यस्तै सदस्यहरुमा लाल बहादुर चौधरी, शिवनारायण चौधरी लगायत रहेका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलाली जिल्लाका अर्थ सचिव प्रमोद साउदको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

संगठनका अध्यक्ष भुपेन्द्र रास्कोटीको सभापतित्वमा भएको अधिवेशन भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार