श्री जनता आधारभूत बिद्यालयको बिधालय व्यवस्थापन समिति गठन, अध्यक्षमा कठरिया

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनता आधारभूत बिद्यालयको बिधालय व्यवस्थापन समिति गठन गरिएको छ ।

आइतबार बिधालय व्यवस्थापन समितीका अध्यक्ष राजाराम चौधरीको सभापतित्वमा भएको आम सभाबाट नयाँ समिति गठन गरिएको हो ।

जसको अध्यक्षमा रामचन्द्र कठरिया थारु चयन भएका हुन । यस्तै सदस्यमा कुकुलाल डगौरा थारु, रेहाना देवी कठरिया, पार्वती देवी कठरिया चयन भएका हुन । यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी, शिक्षक प्रतिनिधि भरत बहादुर बलायर, विध्यालयका प्रधानाध्यापक राम चन्द्र कुश्मी चयन भएका हुन ।

कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष चौधरीले नव निर्वाचित अध्यक्ष लगाएत सम्पुर्ण टिमलाई बधाई दिदै सबैजनाले आआफ्नो क्षेत्र बाट बिधालय स्तर उन्नति मजबुत गराउन तर्फ लाग्न आग्रह गरेका हुन । बिद्यालय व्यवस्थापन समितिको हातमा सम्पुर्ण बिधालय रहने भएको हुँदा बिधालय आर्थिक, भौतिक, शिक्षामा गुणस्तरीयता ल्याउन बिधालय व्यवस्थापनले आफ्नो भुमका निस्वार्थ पुर्व पुरा गर्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा बिशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टको पनि सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार