श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा शाही

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा धिरज शाही निर्वाचित भएका हुन ।

आइतबार बिधालय व्यवस्थापन समितीका अध्यक्ष राजाराम चौधरीको सभापतित्वमा भएको आम सभाबाट शाही निर्विरोध शिक्षक अभिभावक संघ को अध्यक्षमा चयन भएका हुन ।

यस्तै सदस्यमा मिठिला कुमारी बडायक, श्याम कुमारी कठरिया, निर्मला कठरिया, आरजु कठरिया, रामु डगौरा थारु, पुष्पा चौधरी, अतरोनि डगौरा, बुहारी लाल कठरिया रहेका छन । यस्तै शिक्षक प्रतिनिधि तर्फ रामकृष्ण चौधरी र बिधालयका प्रधानाध्यापक राम चन्द्र कुश्मी गरि ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष चौधरीले नव निर्वाचित शिक्षक अभिभावन अध्यक्ष लगाएत सम्पुर्ण टिमलाई बधाई फिदै शिक्षक अभिभावक संघ को अर्थ के हो ? र यस्को भुमिका के रहने भन्ने बिषयमा आफ्नो भनाइ राख्दै बिधालयको समग्र बिषयमा आफ्नो अमुल्य भुमिका निर्वाह गर्न समेत नव निर्वाचित कमिटीलाई आग्रह गरेका हुन ।

यस्तै कार्यक्रममा बिशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टको पनि सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार