नेपाल राष्ट्रिय शिक्षक संगठनले गर्यो बर्दगोरियामा शैक्षिक सुधारका लागि अन्तरक्रिया
बर्दगोरिया । नेपाल राष्ट्रिय शिक्षक संगठनले शैक्षिक सुधारका लागि बर्दगोरिया गाउँपालिकाका सामुदायिक शिक्षक, शिक्षिकाहरु बिच अन्तरक्रिया कार्यक्रम गरेको छ। विद्यालयमा भर्ना दर वृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भने विद्यालयको शैक्षिक अवस्था खस्कदै जानुमा अनुशासन पनि हो त्यसैले बर्दगोरियाका केही बिधालयमा अनुशासन कम पाएको छु आगामी दिनमा शुधार गर्दै जान हुन आग्रह गरे । उनले विद्यार्थी निजी विद्यालयमा जाँदा अभिभावकले धेरै ध्यान दिने तर साुमदायीक विद्यालयमा भर्ना हुने विद्यार्थीप्रति चासो नहुनु राम्रो नभएको बताए । उनले विद्यालयको शैक्षिक सुधारका लागि पालिकाले जस्तो सुकै सहयोग…















