श्री महुन्याल मा.वि. बास्कोटीले ग¥यो विद्यार्थी द्वारा निर्मित विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामाग्रीको प्रदर्शनी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री महुन्याल माध्यामिक विद्यालयले विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार विद्यालयका विद्यालय व्यवस्थापन अध्यक्ष डबल विश्वकर्माको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको हो ।

प्रदर्शनी कार्यक्रममा कक्षा ९ देखि १२ सम्म प्राविधिक धार तर्फ अध्ययनरत विद्यार्थीहरूले निर्माण गरेका विभिन्न विज्ञान तथा प्राविधिक सामाग्रीहरूको प्रदर्शन गरिएको थियो ।

जसमा इलेकट्रोनिक कार अन्य विभिन्न दर्जन बढी विज्ञान सामाग्री तथा विभिन्न प्राविधिकसँग जोडिएका सफ्टवेयरको समेत प्रदर्शनी गरिएको थियो ।

जसको कार्यक्रम सहभागी स्थानीय जनप्रतिनिधि, अभियान, समाजसेवी, विभिन्न अतिथि स्कुलका शिक्षक तथा विद्यार्थीहरूले प्रत्यक्ष अवलोकन गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै बर्दगोरिया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नन्दा कुमारी भट्टले विद्यालयले आर्थिक अभावका बिचमा पनि यति सम्मको क्रियाकलाप गरेकोमा खुसी भएको बताइन । उनले भनिन कुनै पनि कार्य गर्दा सर्वप्रथम आर्थिकको कुरो नै पहिलो हुन्छ । तर सबै कुरो आर्थिक मात्र नभई आत्म विश्वास र काम गर्ने आट हुन पनि जरुरी हुन्छ । तसर्थ यो विद्यालयले जुन आट गरेर विभिन्न तहका सरकार सँग समन्वय गर्दै यो स्थान सम्म पुग्न सफल भएको छ । त्यस कार्यको लागि हार्दिक बधाई दिँदै आगामी दिनहरूमा बर्दगोरिया गाउँपालिका बाट हुने सम्पूर्ण सहयोगमा आफ्नो पहल र सहयोग रहिरहने बताइन ।

कार्यक्रममा अवलोकन पछि कार्यक्रमलाई सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रञ्जित) आफ्नो वडामा यस्तो प्राविधिक विद्यालय रहेकामा गर्व महसुस गरेको बताए । वडा अध्यक्ष डगौरा थारुले भने “म निर्वाचन भएको यो दोस्रो कार्यकाल हो । म आफ्नो पहिलो कार्यकाल देखिनै यस विद्यालयलाई प्राविधिक मैत्री विद्यालय बनाउन चाहन्थे । मलाई मेरो पहिलो कार्यकालमा पनि यस विद्यालयले विभिन्न सुझाव सल्लाह दिँदै सहयोग ग¥यो जस कारण पहिलो कार्यकालमा स्थानीय, प्रदेश सरकार हुँदै केन्द्र सरकारको सहायतामा हामी यहाँ प्राविधिक शिक्षा ल्याउन सफल भयौँ ।हामीलाई यस विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न सँगै भवन पनि निर्माण गर्ने कार्यमा कैलाली निर्वाचन क्षत्र नं. २ (ख) का पूर्व माननिय नन्द बहादुर साउदको पनि निकै अमूल्य सहयोग गरेको छ , भने केन्द्र सरकारको पनि सहयोग रहेको थियो। अहिलेको यो विज्ञान तथा प्रविधिको युगमा यस्ता विज्ञान प्रविधिसँग जोडिएको शिक्षाको निकै आवश्यकता छ । आज यस विद्यालयमा प्राविधिक माध्यममा अध्ययनरत विद्यार्थीले जुन प्रदर्शनी देखाएका छन यो मेरो लागी निकै ठुलो खुसीको क्षण हो । यस कार्यमा निरन्तर अध्यापन गराउने शिक्षक शिक्षिका तथा विद्यालय प्रशासन प्रति म निकै खुसी छु । आगामी दिनहरूमा पनि यस्ता विज्ञान प्रविधि सँग जोडिएका नयाँ नयाँ कुराको आविष्कार गर्नु होला । मेरो र वडा नम्बर ६ को तर्फबाट यस विद्यालय मा पूर्ण सहयोग रहने छ । ”

यस्तै कार्यक्रममा विद्यार्थीले निर्माण गरेका विभिन्न विज्ञान तथा प्राविधिकसँग जोडिएका बस्तुको अवलोकन गर्दै बर्दगोरिया गाउँपालिका सामाजिक विकास समिति संयोजन तथा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले यो विज्ञानको समयमा सैद्धान्तिक शिक्षा मात्र नभई वैज्ञानिक शिक्षाको पनि निकै महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले भने सर्वप्रथम हाम्रो पालिकामा पनि यस्ता विज्ञान र प्रविधिसँग रुचि राख्ने मात्र नभई निर्माण गर्ने विद्यार्थी छन भन्ने कुरा मात्रै आफैमा गर्वको कुरो हो । हामीले सधैँ विभिन्न सामाजिक सञ्जालमा मात्र देखेका थियौँ । आज आफ्नै पालिकामा यस्ता कार्य देख्न पाउँदा निकै खुसी महसुस गरे । पछिल्लो समय हाम्रो पालिकाको मुख्यतया ध्यान गाउँपालिकाका सबै बालबालिका लाई कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने तर्फ नै कायम रहेको छ । र यसै बिचमा यस विद्यालयमा अध्ययनरत विद्यार्थीले जुन प्रकारको आफ्नो अध्ययनलाई विज्ञान तथा प्रविधिसँग जोडेर प्रदर्शनी गरेका छन यसले हामीलाई थप हौसला मिलेको छ । यस विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि गाउँपालिका तथा आफ्नो वडाले गर्न सक्ने सम्पूर्ण कार्यमा सहयोग गर्ने बताए ।

यस्तै कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष ध्वज बहादुर सुनार, धिरेन्द्रा जोशी, सम्पूर्ण संस्थागत विद्यालयको तर्फबाट बल राज भाट लगायतका व्यक्तिहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक पुष्कर सुनारले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार