
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको साईनिङ्ग स्टार बोर्डिङ स्कुलले ८औं बार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । बिधालयले स्थापनाको छोटो समयमा धेरै परिवर्तन र शिक्षा क्षेत्रमा फडको मार्दै अगाडि बढेको छ ।
बिधालयका प्रिन्सिपल गोकुल साउदको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुँवरले भने शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले अझै शिक्षा क्षेत्रमा परिवर्तन होस भन्दै शुभकामना व्यक्त गरे । साथै आफुले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै शिक्षा क्षेत्रमा लगानी लगाउदा खेर नजाने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बिधालयका संस्थापक तपेन्द्र खडकाले अनुशासित विद्यार्थीहरु सफल र संस्कारी हुने बताए ।बिधालयको शिक्षण सिकाई र विद्यार्थीको भबिस्यका लागी आफू र शिक्षक हरुको सम्पुर्ण टिम लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि,शिक्षक, अभिभावक लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न समूह तथा कक्षाहरुका आकर्षक नृत्यहरु प्रस्तुत भएका थिए । संस्थापक भरत ताम्राकारले स्वागत गरेको कार्यक्रमको संचालन संस्थापक लोकु सिंह ठकुरीले गरेका थिए । बिधालयले बिधालयमा सहयोग गरेका अभिभावकहरुलाई सम्मान गरेको थियो । बिधालयले अतिरिक्त क्रियाकलापमा सहभागी प्रथम ,द्दितिय, र तृतीय स्थान हाशिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र मेटलले पुरस्कृत गरेको थोयो ।
