NTBS बोर्डिङ स्कुलले मनायो तेस्रो वार्षिकोत्सव एवम् अभिभावक दिवस

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको NTBS बोर्डिङ स्कुलले तेस्रो वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । विद्यालयले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रमा सुधार गर्दै अगाडि बढेको छ ।

विद्यालयका संस्थापक कोकिला खत्रीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरी विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्ण बहादुर कुँवरले भने शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरूको सर्वाङ्गीण विकासको निम्ति अनवरत रूपमा क्रियाशील रहेको र यसले अझै शिक्षा क्षेत्रमा परिवर्तन होस भन्दै शुभकामना व्यक्त गरे । साथै आफूले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै शिक्षा क्षेत्रमा लगानी लगाउँदा खेर नजाने बताउनु भयो । उनले भने सामुदायिक र संस्थागत विद्यालयमा अनुशासनको भिन्नता छ, त्यस कारण सामुदायिक विद्यालयले पनि संस्थागत विद्यालय जस्तै अनुशासन सिकाउन जरुरी छ ।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक नवराज टमट्टाले अनुशासित विद्यार्थीहरू सफल र संस्कारी हुने बताए । विद्यालयको शिक्षण सिकाई र विद्यार्थीको भविष्यका लागी आफू निरन्तर लागि रहने बताए । अभिभावकले साथ सहयोग गरे आगामी वर्ष विद्यालयले सुविधा सम्पन्न भवन निर्माण गरी टिनको छाना मुनि पढाउनु पर्ने बाध्यता बाट मुक्त गराउने जिकिर गरे ।

विद्यालयका शिक्षक टेक राज न्यौपानेले स्वागत गरेको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मनऋषी आचार्य, शिक्षक नेत्र खडका ,रानिकुन्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष टंक ओली, रानिजरुवा सामुदायिक बनका अध्यक्ष लाल सिंह बि क, यश कुमार बन्तोला लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थापक प्रिन्सिपल शिखर बि क ले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयले पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि, वडा अध्यक्ष मनऋषी आचार्य लगायत अन्य व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो । विद्यालयले अतिरिक्त क्रियाकलापमा सहभागी प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र मेटलले पुरस्कृत गरेको थियो । कार्यक्रममा विभिन्न सं-संस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न समूह तथा कक्षाहरूका आकर्षक नृत्यहरू प्रस्तुत भएका थिए । साथै चर्चित देउडा पप गायक चेतन बोहराले अभिभावक, विद्यार्थी र दर्शकलाई आफ्ना गीतमा नचाएका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार