
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वडा नम्बर १ मा रहेको नोबेल माद्यामिक विद्यालयले मनायो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले स्थापनाको १९ वर्ष पूरा भएको सुखद उपलक्ष्यमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले मनायो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
विद्यालयका संस्थापक सुरेश खडकाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही रहेका थिए । यसै गरी विशिष्ट अतिथिमा गाउँपालिका कलेजका अध्यक्ष भीम बहादुर कुँवर रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले नोबेल माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने पालिकाको संस्थागत विद्यालयको उत्कृष्ट विद्यालय रहेको भन्दै बधाई दिँदै आगामी दिनहरूमा पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अन्य विद्यालयका गतिविधिमा उत्कृष्ट होस भन्दै शुभकामना व्यक्त गरे । सोही क्रममा वडा अध्यक्ष शाहीले आफू निर्वाचित भए यता शिक्षा क्षेत्रलाई पहिली प्राथमिकतामा राखेको बताउँदै आफूलाई सरकारको तर्फबाट आउने पारिश्रमिक समेत टुहुरा, गरिब विपन्न वर्गका बालबालिकाको पढाइमा खर्च गर्ने गरेको समेत बताए ।

यस्तै कार्यक्रममा लम्की बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख जनक विष्ट, बौनिया जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी मिलन ओली, श्री मोतिभागरती आ.बि. का सहायक प्रधानाध्यापक शिवराज गौतम लगायतका व्यक्तहरूको सहभागिता रहेको थियो ।

सोही कार्यक्रमबाट विद्यालयले विद्यालयको विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँदै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु लाइ पुरस्कार समेत वितरण गरेको थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।