
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनता आधारभुत बिद्यालयको बिद्यालय व्यवस्थापन समितिका अध्यक्षमा रमेश चौधरी चयन भएका छ्न।
शनिबार विद्यालयका ज्येष्ठ सदस्य कुकुलाल डगौराको अध्यक्षतामा बसेको बैठकले रमेश चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको सदस्यहरुमा कलावती कठरिया, गिता देवी डगौरा थारु, भजनलाल कठरिया, रतरानी कठरिया, अनिल चौधरी रहेका छ्न ।

यस्तै स्थानीय सरकारको तर्फबाट पदनिय सदस्यमा वडा अध्यक्ष भोलेराम चौधरी रहेका छ्न भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर चौधरी रहेका छ्न ।