Draft post unpublished

५ बर्ष भित्र बालमैत्री पालिका बनाउने; कैलारी गाउँपालिका उपाध्यक्ष चौधरी

५ बर्ष भित्र बालमैत्री पालिका बनाउने; कैलारी गाउँपालिका उपाध्यक्ष चौधरी

२१, भाद्र २०७९ मसुरिया (कैलाली) । कैलारी गाउँपालिकामा पालिकासँग बालबालिका संवाद कार्यक्रम गरिएको छ । कार्यक्रममा बालबालिकाले गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षसँग ८ नम्बर वडा कार्यालयमा संवाद गरेका छन् । कार्यक्रममा बालबालिकाहरुले लागु औषध बढ्दो प्रयोगको नियन्त्रण, बाल श्रम निषेध, विपन्न बालबालिकाको पढाई निरन्तरता र बालिकाले विद्यालय छोडने गरेको, अभिभावकले बालबालिकाका क्रियाकलापमा ध्यान नदिएको, बालबालिकाको लागि बजेट विनियोजन प्रकृया, बालदिवस, बालिका आत्मरक्षा, बाल मनोपरामर्शका साथै जोखिममा रहेका बालबालिकाको सुरक्षा बारेमा जिज्ञासा राखेका थिए । बालबालिकाका जिज्ञासाको जवाफ दिदै कैलारी गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरीले बजेट निर्माणमा बालबालिकाको सवाललाई गम्भीरता पुर्वक समावेश गर्ने, लागुऔषध, बालविवाह, बालश्रम मुक्त गाउँपालिका बनाई हरेक सार्वजनिक…
पुरा पढ्नुहाेस्
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाले ३ बुदे माग सहित गाउँपालिकामा बुझायो ज्ञापन पत्र

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाले ३ बुदे माग सहित गाउँपालिकामा बुझायो ज्ञापन पत्र

२१, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । नेपाल राष्ट्रिय शिक्षक संगठनले बर्दगोरियाले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संगठनले विभिन्न तीन बुदे मागसहित मंगलबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरलाई ज्ञापन पत्र बुझाएको हो । संगठनले ऐन नियममा रही यथासिघ्र गाउँ शिक्षा समिति गठन गरिनुपर्ने, वालविकास शिक्षक ,कर्मचारीको सेवा सुविधा र निजिस्रोत शिक्षकहरूको व्यवस्थापनका लागि कार्यविधि बनाई व्यवस्थापन गरिनुपर्ने र कक्षा १० सम्म नि:शुल्क शिक्षाका लागि पहल गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाका अध्यक्ष लम्क्षी प्रसाद सापकोटाले सुदुरचित्रलाई बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो ।…
पुरा पढ्नुहाेस्
प्रेस चौतारी कञ्चनपुरका सह–सचिव विश्वकर्मा प्रेस सेन्टरमा प्रवेश, केन्द्रीय अध्यक्ष जुगलद्धारा स्वागत

प्रेस चौतारी कञ्चनपुरका सह–सचिव विश्वकर्मा प्रेस सेन्टरमा प्रवेश, केन्द्रीय अध्यक्ष जुगलद्धारा स्वागत

२०, भाद्र २०७९ कैलाली । प्रेस चौतारी नेपाल कञ्चनपुरका सह सचिव धन बहादुर विश्वकर्मा सोमबार प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन । कञ्चनपुर जिल्लामा विगत २ दशक बाट सक्रिय पत्रकारिता गर्दै आएका विश्वकर्मा नेकपा (एमाले) सम्बद्ध प्रेस चौतारी परित्याग गरी सोमबार नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन । प्रेस चौतारीभित्र गुटगत राजनीतिले झागिएपछि श्रमजिवी वर्गहरुका लागि प्रेस सेन्टर उपयुक्त देखेर सेन्टरमा प्रवेस गरेको उनले बताए । सोमबार प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णू प्रशाद सापकोटा(जुगल)ले प्रेस चौतारी परित्याग गरेर सेन्टरमा प्रंवेस गरेका विश्वकर्मालाई खादा ओडायर स्वागत गरेका…
पुरा पढ्नुहाेस्
केन्यालाई १७ रनले हराउँदै, नेपालले जित्यो एकदिवसीय अभ्यास सिरिज

केन्यालाई १७ रनले हराउँदै, नेपालले जित्यो एकदिवसीय अभ्यास सिरिज

काठमाडौंः नेपाली क्रिकेट टोलीले केन्याविरुद्ध लगातार दोस्रो जित निकालेको छ । आज सम्पन्न खेलमा घरेलु टोली केन्यामाथि १७ रनको जित निकाल्दै नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास सिरिज जितेको हो । नेपाली क्रिकेट टोलीले तीन खेलको सिरिज एक खेल अगावै केन्यामाथि १७ रनको जित निकाल्द सिरिज जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको सहायतामा २३० रन बनाएको थियो। नेपालका लागी रोहित पौडेलले सर्वाधिक ७८ रन बनाउँदा देव खनालले ३७ तथा सोमपाल कामीले २६ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्लले २५, वसीर अहमदले १७, मोहम्मद आदिल आलमले १४ रन बनाउँदा करण केसीले ११ रन जोडेका थिए ।…
पुरा पढ्नुहाेस्
आजदेखि नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला सुरु

आजदेखि नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला सुरु

काठमाण्डौ । आजदेखि नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला सुरु हुँदैछ । जसमा नेपाल र केन्याले तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेका हुन् । जसको पहिलो खेल दिउँसो पौने एक बजे नैरोबीमा सुरु हुँदैछ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल २० गते हुने भएको हो । केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेका छन् । केन्यासँग यसअघि भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।
पुरा पढ्नुहाेस्
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१७, भाद्र २०७९ काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना

सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना

१७, भाद्र २०७९ काठमाडौं । शुक्रबार आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै महाशाखाका अनुसार प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिमसहित लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका पनि एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा आज  गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

सुदूरपश्चिममा आज गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

१७, भाद्र २०७९ कैलाली । शुक्रबार आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारको बिहिबार हिजो बसेको मन्त्रीपरिषद्को बैठकले आज प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा पर्वका अवसरमा आज प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ। सुदूरपश्चिमको मुख्य पर्व गौरा हिजोबाट विधिवत रुपमा सुरु भएको छ।
पुरा पढ्नुहाेस्
आज भाद्र १७ गते, तपाईंको राशिफल

आज भाद्र १७ गते, तपाईंको राशिफल

आज २०७९ भाद्र १७ गते, शुक्रबार, २ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष षष्ठी तिथि । कस्तो रहला राशिफल अनुसार तपाईंको आजको दिन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग र शुभकार्यको चर्चा पनि चल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा पनि हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज हर्ष…
पुरा पढ्नुहाेस्
हाल सातै प्रदेशमा वर्षा जारी, यस्तो छ दिनभरको मौसम पूर्वानुमान

हाल सातै प्रदेशमा वर्षा जारी, यस्तो छ दिनभरको मौसम पूर्वानुमान

काठमाडौं । हाल सुदुरपश्मि प्रदेश लगाएत देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । म्हाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको…
पुरा पढ्नुहाेस्