आजदेखि नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला सुरु

काठमाण्डौ । आजदेखि नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला सुरु हुँदैछ । जसमा नेपाल र केन्याले तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेका हुन् ।

जसको पहिलो खेल दिउँसो पौने एक बजे नैरोबीमा सुरु हुँदैछ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल २० गते हुने भएको हो ।

केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेका छन् ।

केन्यासँग यसअघि भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार