सुदूरपश्चिममा आज गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

१७, भाद्र २०७९ कैलाली । शुक्रबार आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारको बिहिबार हिजो बसेको मन्त्रीपरिषद्को बैठकले आज प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा पर्वका अवसरमा आज प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ।

सुदूरपश्चिमको मुख्य पर्व गौरा हिजोबाट विधिवत रुपमा सुरु भएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार