सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना

१७, भाद्र २०७९ काठमाडौं । शुक्रबार आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै महाशाखाका अनुसार प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिमसहित लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका पनि एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार