नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाले ३ बुदे माग सहित गाउँपालिकामा बुझायो ज्ञापन पत्र

२१, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । नेपाल राष्ट्रिय शिक्षक संगठनले बर्दगोरियाले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संगठनले विभिन्न तीन बुदे मागसहित मंगलबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरलाई ज्ञापन पत्र बुझाएको हो ।

संगठनले ऐन नियममा रही यथासिघ्र गाउँ शिक्षा समिति गठन गरिनुपर्ने, वालविकास शिक्षक ,कर्मचारीको सेवा सुविधा र निजिस्रोत शिक्षकहरूको व्यवस्थापनका लागि कार्यविधि बनाई व्यवस्थापन गरिनुपर्ने र कक्षा १० सम्म नि:शुल्क शिक्षाका लागि पहल गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाका अध्यक्ष लम्क्षी प्रसाद सापकोटाले सुदुरचित्रलाई बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै पालिका अध्यक्ष कुवरले नेपाल राष्ट्रिय शिक्षक संगठनले उठाएका मागहरुको अध्यन गरेर सम्बोधन गर्ने बताए । उनले पालिकामा शैक्षिक बेथितिको अन्त्य गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्न र बालबालिकाको शिक्षा पाउने अधिकार बाट कोहि पनि बन्चित हुननपर्ने बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फवाट देशभरका स्थानीय तहमा ज्ञापन पत्र दिने निर्णय अनुसार विभिन्न मागहरू राखी ७५३ पालिकामै ज्ञापन पत्र बुझाइएको जनाइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार