प्रेस चौतारी कञ्चनपुरका सह–सचिव विश्वकर्मा प्रेस सेन्टरमा प्रवेश, केन्द्रीय अध्यक्ष जुगलद्धारा स्वागत

२०, भाद्र २०७९ कैलाली । प्रेस चौतारी नेपाल कञ्चनपुरका सह सचिव धन बहादुर विश्वकर्मा सोमबार प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन ।

कञ्चनपुर जिल्लामा विगत २ दशक बाट सक्रिय पत्रकारिता गर्दै आएका विश्वकर्मा नेकपा (एमाले) सम्बद्ध प्रेस चौतारी परित्याग गरी सोमबार नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन ।

प्रेस चौतारीभित्र गुटगत राजनीतिले झागिएपछि श्रमजिवी वर्गहरुका लागि प्रेस सेन्टर उपयुक्त देखेर सेन्टरमा प्रवेस गरेको उनले बताए ।

सोमबार प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णू प्रशाद सापकोटा(जुगल)ले प्रेस चौतारी परित्याग गरेर सेन्टरमा प्रंवेस गरेका विश्वकर्मालाई खादा ओडायर स्वागत गरेका हुन ।

विश्वकर्मा नेकपा (एमाले) सम्बद्ध प्रेस चौतारी कञ्चनपुरका सह–सचिव हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार