अपराध खबर

लागुऔषधसहित कैलालीमा दुई जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठानको लुङ गाउँपालिका–७ का ४२ वर्षीया मिना बुढाथोकी र रुकुम पश्चिम बासिकोट गाउँपालिका–७ का ३९ वर्षीय भिमसेन खत्री रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई धनगढी उपमहानगरपालिका–१४ फूलवारीको खुटिया घाटबाट प्रहरीले चरेससहित बुधवार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले भारततर्फ लैजादै गरेको ४ किलो ३० ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरु दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
पुरा पढ्नुहाेस्

कैलालीको बर्दगोरियामा एक महिलाको मृत्यु; आफन्तद्वारा हत्या आशंका

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका मा एक महिलाको विष सेवनबाट मृत्यु भएको छ । मृतु हुनेमा पालिकाको वडा नम्बर १ निवासी २३ वर्षीया गिता संज्याल रहेको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । प्रहरीका अनुसार शव अहिले पोस्टमार्टमका लागि अहिले टीकापुर लगिएको छ । यता आफन्तका अनुसार गिता संज्यालको मृत्यु विष सेवन बाट नभए हत्या भएको आशंका व्यक्त गरेका छन । मृतका संज्यालका दाजु मिलन संज्यालले आफ्नो बहिनीको मृत्यु कुनै विष सेवनबाट नभई पारिवारिक झैझगडा बाट भएको बताए । उनले नौलो प्रेस सङ्ग कुरा गर्दै -मृतक गिता संज्याललाई यस अघि पनि विभिन्न समयमा पटकपटक परिवारले मानसिक याचना दिनुका साथै कुटपिट…
पुरा पढ्नुहाेस्
पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चार जना पक्राउ

पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चार जना पक्राउ

२१ असार, बाँके। पाटेबाघको छाला र हड्डीसहित बाँकेको कोहलपुर बाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका-५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका-४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका-२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका-३ का ५२ वर्षीय कर्णबहादुर रोकाय  रहेका इलाका प्रहरी कार्यालय कोहलपुर ले जनाएको छ । उनीहरुलाई प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित पक्राउ गरेको हो । उक्त छाला र हड्डी वयस्क पोथी बाघको रहेको डिभिजन वन कार्यालय…
पुरा पढ्नुहाेस्

मिटर ब्याज पीडितलाई उजुरी दिन जिल्ला प्रशासन कार्यालय कैलालीको अनुरोध

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज पीडितलाई आइतबार देखि उजुरी दिन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार हिजो एक सुचना सार्वजनिक गर्दै मिटर ब्याज पिडितहरुलाई भोलि (आइतवार) बैशाख १७ गतेदेखि ३१ गतेसम्म उजुरी दिन आग्रह गरेको हो ।  जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यालयको सहायता कक्षमा गई यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने र भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निःशुल्क रुपमा उपलब्ध गराइने समेत जनाइएको छ ।
पुरा पढ्नुहाेस्
लम्कीचुहामा सेवाग्राहीले गरे कर्मचारीमाथि कार्यकक्षमै हातपात, पेनडाउन गर्दै कर्मचारी आन्दाेलित

लम्कीचुहामा सेवाग्राहीले गरे कर्मचारीमाथि कार्यकक्षमै हातपात, पेनडाउन गर्दै कर्मचारी आन्दाेलित

लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा कर्मचारी माथि हातपात भएको छ । बुधबार नगरपालिकाको कार्यकक्ष भित्रै ईन्जिनियर प्रशान्त अधिकारी माथि हातपात भएको हो । बिहान अधिकारीकाे कार्यकक्षमै हातपात भएको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले जानकारी गराउनु भएको छ । याेजनाकाे विल उठाउने बिषयलाई लिएर ईन्जिनियर अधिकारीलाई लम्कीका ठेकेदार प्रकाश शाहीले हातपात गरेकाे लम्कीचुहा नगरपालिकाकाले जनाएको छ । कार्यकक्षमै कर्मचारी माथि हातपात भएको भन्दै अहिले कर्मचारीहरुले एक विज्ञप्ति जारी गर्दै आजनै पेनडाउन गरेर आन्दाेलित भएका छन । यता ईलाका प्रहरी कार्यालय लम्कीले भने घटनाको बारेमा अनुसंधान भईरहेकाे बताएको छ । 
पुरा पढ्नुहाेस्
कैलालीमा बन्चरो प्रहार: छोरा द्वारा आमाको हत्या

कैलालीमा बन्चरो प्रहार: छोरा द्वारा आमाको हत्या

१७, माघ, लम्की । कैलालीमा बन्चरो प्रहार गरि छोराले आमाको हत्या गरेका छन् । जिल्लाको लम्किचुहा नगरपालिका ,६ स्थित बागमारा मुक्त कमैया शिबिरमा सोमबार राती करिब १२ बजे ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवि थरुनीको हत्या गरेका हुन । बन्चरो प्रहार बाट गम्भीर घाइते भएकी थरुनी लाई लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि धनगढी स्थित नवजीवन अस्पतालमा थप उपचारका लागि रेफर गरिएको थियो ।  उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्चरो प्रहार गरी हत्या गर्ने उनका छोरा श्रीराम थरुलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।…
पुरा पढ्नुहाेस्
भारतको महाराष्ट्रमा नेपालीले गरे आफ्नै साथीको बीभत्स हत्या

भारतको महाराष्ट्रमा नेपालीले गरे आफ्नै साथीको बीभत्स हत्या

कैलाली । भारतको महाराष्ट्रको आलिबागमा लम्कीचुहा नगरपालिका ६ बावनपुर घर भएका १८ वर्षिय कमल बिकको बावनपुरमै बस्ने उनका साथीहरु मिलेर पुस २६ गते हत्या गरेका छन् । छोराको बीभत्स तरिकाले हत्या गरेको भन्दै आमा पार्वती कामीले बावनपुरमा घरभई आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरी सहित माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा उजुरी दिएकीछन् । हत्यामा संलग्न टोपु बिक र मनोज बिक २ जना सहोदर भाई हुन् । छोराको हत्या भएको खबर सुनेपछि पुस २७ गते नेपालबाट आफू भारत आएको र छोराको हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी…
पुरा पढ्नुहाेस्
कैलालीको जोशीपुरमा हँसिया प्रहार: एक जनाको मृत्यु, एक घाइते

कैलालीको जोशीपुरमा हँसिया प्रहार: एक जनाको मृत्यु, एक घाइते

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा हँसिया प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय गौरीलाल ढुङगानाको हँसिया प्रहारबाट मृत्यु भएको हो । यस्तै अर्का एक जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा अर्का साला ४० बर्षीय जयराज भण्डारी रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको छ। मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार छन। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
पुरा पढ्नुहाेस्
प्रदेश सभा सदस्यका उम्मेदवार साउदले गरे मतदान

प्रदेश सभा सदस्यका उम्मेदवार साउदले गरे मतदान

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) ले बिहान ७:१५ बजे पहिलो मतदान गरेका छन । उनले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बथ 'ग' बाट पहिलो मतदान गरेका हुन । देशभर आइतबार सुरु भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा प्रदेश सभा सदस्य पदका उम्मेदवार साउदले सर्वप्रथम भोट खसालेका हुन । मतदान केन्द्रमा उत्साहप्रदरुपमा मतदाता सहभागी छन् । बिहान ७ बजे देखि शुरु भएको मतदान प्रक्रिया आझ ५ बजे सम्म रहनेछ । प्रदेश सभा सदस्य पदका उम्मेदवार साउदले मतदान शान्ति पुर्ण भइरहेको र थप शान्ति पुर्ण तरिकाले…
पुरा पढ्नुहाेस्
कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ वस्ने २० वर्षीय सञ्जय लुहार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी १४४ ट्याबलेट नाईट्रोभेट सहित पक्राउ परेका हुन । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्