अपराध खबर

डोटीको पुर्वीचौकीमा कार्यरत एक कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

डोटीको पुर्वीचौकीमा कार्यरत एक कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

कैलाली । डोटीको पुर्वीचौकी गाउँपालिकामा कार्यरत कृषिका एक कर्मचारीलाई स्पटीकरण दिन नोटिस नै जारी गरिएको छ। कर्मचारीको आचारसंहिता विरुद्ध रहि पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ। भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्। उनलाई असोज ६ गते पुर्वीचौकी गाउपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ। पालिकाले उनलाई कर्मचारीको आचारसंहिता विरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृत बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई पालिकाको कामकाज बारे बोलेको देखिएकोले सो सम्बन्धमा…
पुरा पढ्नुहाेस्
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज 

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि अर्को पेसी तोकेको हो । सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिएको भए पनि यता जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा भने अझै किनारा लाग्न सकेको छैन । यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडित ‘गौशाला २६ (छ)’ को जन्म दर्तासम्बन्धी कागजात नक्कली रहेको पुष्टि भएको…
पुरा पढ्नुहाेस्
सिडियो कार्यालय कैलालीद्वारा बौनियाँमा छापा, १६६ लिटर पेट्रोल बरामद

सिडियो कार्यालय कैलालीद्वारा बौनियाँमा छापा, १६६ लिटर पेट्रोल बरामद

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीले शनिबार बौनिया बजारमा छापा मारेको छ । खुलेयाम रुपमा बोतल र जर्कीनमा पेट्रोलियम पदार्थमा को बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा बौनिया बजारमा छापा मारेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।   छापा मार्ने क्रममा उक्त पसलहरुको खानतलासी गर्दा १ सया ६६.५ लिटर पेट्रोल जर्कीन तथा बोलता भरेर राखेको अवस्थामा बरामद भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । बरामद गरिएका उक्त पेट्रोल ईलाका प्रहरी कार्यालय बौनियाले आफ्नो नियन्त्रणमा राखेको छ । सोही क्रममा प्रहरीले स्थानीय व्यावसायीलाई बोलाएर ईलाका प्रहरी कार्यालय बौनियामा छलफलसमेत गरेको छ । छलफलका क्रममा व्यापारीलाई खुला रूपले पेट्रोल बिक्रीवितरण…
पुरा पढ्नुहाेस्
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ बिघा जग्गा

तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ बिघा जग्गा

काठमाडौं । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ। पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा उक्त तथ्य पुष्टी भएको छ। मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ। पीडितले साहुसँग रु एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ माग गरेको देखिएको छ। तर साहुले भने रकम बढाएर रु…
पुरा पढ्नुहाेस्

लागुऔषधसहित कैलालीमा दुई जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठानको लुङ गाउँपालिका–७ का ४२ वर्षीया मिना बुढाथोकी र रुकुम पश्चिम बासिकोट गाउँपालिका–७ का ३९ वर्षीय भिमसेन खत्री रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई धनगढी उपमहानगरपालिका–१४ फूलवारीको खुटिया घाटबाट प्रहरीले चरेससहित बुधवार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले भारततर्फ लैजादै गरेको ४ किलो ३० ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरु दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
पुरा पढ्नुहाेस्

कैलालीको बर्दगोरियामा एक महिलाको मृत्यु; आफन्तद्वारा हत्या आशंका

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका मा एक महिलाको विष सेवनबाट मृत्यु भएको छ । मृतु हुनेमा पालिकाको वडा नम्बर १ निवासी २३ वर्षीया गिता संज्याल रहेको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । प्रहरीका अनुसार शव अहिले पोस्टमार्टमका लागि अहिले टीकापुर लगिएको छ । यता आफन्तका अनुसार गिता संज्यालको मृत्यु विष सेवन बाट नभए हत्या भएको आशंका व्यक्त गरेका छन । मृतका संज्यालका दाजु मिलन संज्यालले आफ्नो बहिनीको मृत्यु कुनै विष सेवनबाट नभई पारिवारिक झैझगडा बाट भएको बताए । उनले नौलो प्रेस सङ्ग कुरा गर्दै -मृतक गिता संज्याललाई यस अघि पनि विभिन्न समयमा पटकपटक परिवारले मानसिक याचना दिनुका साथै कुटपिट…
पुरा पढ्नुहाेस्
पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चार जना पक्राउ

पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चार जना पक्राउ

२१ असार, बाँके। पाटेबाघको छाला र हड्डीसहित बाँकेको कोहलपुर बाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका-५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका-४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका-२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका-३ का ५२ वर्षीय कर्णबहादुर रोकाय  रहेका इलाका प्रहरी कार्यालय कोहलपुर ले जनाएको छ । उनीहरुलाई प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित पक्राउ गरेको हो । उक्त छाला र हड्डी वयस्क पोथी बाघको रहेको डिभिजन वन कार्यालय…
पुरा पढ्नुहाेस्

मिटर ब्याज पीडितलाई उजुरी दिन जिल्ला प्रशासन कार्यालय कैलालीको अनुरोध

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले मिटर ब्याज पीडितलाई आइतबार देखि उजुरी दिन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार हिजो एक सुचना सार्वजनिक गर्दै मिटर ब्याज पिडितहरुलाई भोलि (आइतवार) बैशाख १७ गतेदेखि ३१ गतेसम्म उजुरी दिन आग्रह गरेको हो ।  जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यालयको सहायता कक्षमा गई यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने र भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निःशुल्क रुपमा उपलब्ध गराइने समेत जनाइएको छ ।
पुरा पढ्नुहाेस्
लम्कीचुहामा सेवाग्राहीले गरे कर्मचारीमाथि कार्यकक्षमै हातपात, पेनडाउन गर्दै कर्मचारी आन्दाेलित

लम्कीचुहामा सेवाग्राहीले गरे कर्मचारीमाथि कार्यकक्षमै हातपात, पेनडाउन गर्दै कर्मचारी आन्दाेलित

लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा कर्मचारी माथि हातपात भएको छ । बुधबार नगरपालिकाको कार्यकक्ष भित्रै ईन्जिनियर प्रशान्त अधिकारी माथि हातपात भएको हो । बिहान अधिकारीकाे कार्यकक्षमै हातपात भएको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले जानकारी गराउनु भएको छ । याेजनाकाे विल उठाउने बिषयलाई लिएर ईन्जिनियर अधिकारीलाई लम्कीका ठेकेदार प्रकाश शाहीले हातपात गरेकाे लम्कीचुहा नगरपालिकाकाले जनाएको छ । कार्यकक्षमै कर्मचारी माथि हातपात भएको भन्दै अहिले कर्मचारीहरुले एक विज्ञप्ति जारी गर्दै आजनै पेनडाउन गरेर आन्दाेलित भएका छन । यता ईलाका प्रहरी कार्यालय लम्कीले भने घटनाको बारेमा अनुसंधान भईरहेकाे बताएको छ । 
पुरा पढ्नुहाेस्
कैलालीमा बन्चरो प्रहार: छोरा द्वारा आमाको हत्या

कैलालीमा बन्चरो प्रहार: छोरा द्वारा आमाको हत्या

१७, माघ, लम्की । कैलालीमा बन्चरो प्रहार गरि छोराले आमाको हत्या गरेका छन् । जिल्लाको लम्किचुहा नगरपालिका ,६ स्थित बागमारा मुक्त कमैया शिबिरमा सोमबार राती करिब १२ बजे ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवि थरुनीको हत्या गरेका हुन । बन्चरो प्रहार बाट गम्भीर घाइते भएकी थरुनी लाई लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि धनगढी स्थित नवजीवन अस्पतालमा थप उपचारका लागि रेफर गरिएको थियो ।  उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्चरो प्रहार गरी हत्या गर्ने उनका छोरा श्रीराम थरुलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।…
पुरा पढ्नुहाेस्