लम्कीचुहामा सेवाग्राहीले गरे कर्मचारीमाथि कार्यकक्षमै हातपात, पेनडाउन गर्दै कर्मचारी आन्दाेलित

लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा कर्मचारी माथि हातपात भएको छ ।
बुधबार नगरपालिकाको कार्यकक्ष भित्रै ईन्जिनियर प्रशान्त अधिकारी माथि हातपात भएको हो ।

बिहान अधिकारीकाे कार्यकक्षमै हातपात भएको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले जानकारी गराउनु भएको छ ।

याेजनाकाे विल उठाउने बिषयलाई लिएर ईन्जिनियर अधिकारीलाई लम्कीका ठेकेदार प्रकाश शाहीले हातपात गरेकाे लम्कीचुहा नगरपालिकाकाले जनाएको छ ।

कार्यकक्षमै कर्मचारी माथि हातपात भएको भन्दै अहिले कर्मचारीहरुले एक विज्ञप्ति जारी गर्दै आजनै पेनडाउन गरेर आन्दाेलित भएका छन । यता ईलाका प्रहरी कार्यालय लम्कीले भने घटनाको बारेमा अनुसंधान भईरहेकाे बताएको छ । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार