डोटीको पुर्वीचौकीमा कार्यरत एक कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन नोटिस

कैलाली । डोटीको पुर्वीचौकी गाउँपालिकामा कार्यरत कृषिका एक कर्मचारीलाई स्पटीकरण दिन नोटिस नै जारी गरिएको छ।

कर्मचारीको आचारसंहिता विरुद्ध रहि पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै नायव प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको छ। भण्डारी सो पालिकाको वडा नम्बर ६ को कार्यालय गाँजरीमा कार्यरत छन्।

उनलाई असोज ६ गते पुर्वीचौकी गाउपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएपछि स्पष्टीकरण मागिएको छ। पालिकाले उनलाई कर्मचारीको आचारसंहिता विरुद्ध पार्टीको कार्यक्रममा सहभागी भएको, पालिकाको स्वीकृत बेगर कार्यालयको विरुद्धमा बोलेको, करार कर्मचारीको सम्झौतामा उल्लेख भएको प्रावधान भन्दा बाहिर गई पालिकाको कामकाज बारे बोलेको देखिएकोले सो सम्बन्धमा तपाई माथि किन कारवाही नगर्ने भन्ने प्रश्न गर्दै २ दिन भित्र लिखित जवाफ पेश गर्न भनेको । २ दिन भित्र लिखित जवाफ पेश नगरे करार सम्झौनामा भएको व्यवस्था अनुसार ७ दिन पढयात करार सम्झौता स्वतः अन्त्य हुने समेत व्यहोरा जानकारी गराईएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार