क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।

भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि अर्को पेसी तोकेको हो ।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिएको भए पनि यता जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा भने अझै किनारा लाग्न सकेको छैन ।

यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडित ‘गौशाला २६ (छ)’ को जन्म दर्तासम्बन्धी कागजात नक्कली रहेको पुष्टि भएको थियो ।

सन्दीप पक्षले नै पेस गरेको बसाइँसराइसम्बन्धी कागजमा उल्लेखित गौशाला २६ (छ) र उनकी आमाबीचको उमेरको फरक अस्वाभाविक रहेको भन्दै प्रश्न उठाइएको थियो । आमाको उमेर यकिन गर्ने आदेश भएर रोकिएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार