लागुऔषधसहित कैलालीमा दुई जना पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्युठानको लुङ गाउँपालिका–७ का ४२ वर्षीया मिना बुढाथोकी र रुकुम पश्चिम बासिकोट गाउँपालिका–७ का ३९ वर्षीय भिमसेन खत्री रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई धनगढी उपमहानगरपालिका–१४ फूलवारीको खुटिया घाटबाट प्रहरीले चरेससहित बुधवार पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले भारततर्फ लैजादै गरेको ४ किलो ३० ग्राम चरेससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरु दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार