कैलालीको बर्दगोरियामा एक महिलाको मृत्यु; आफन्तद्वारा हत्या आशंका

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका मा एक महिलाको विष सेवनबाट मृत्यु भएको छ ।

मृतु हुनेमा पालिकाको वडा नम्बर १ निवासी २३ वर्षीया गिता संज्याल रहेको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

प्रहरीका अनुसार शव अहिले पोस्टमार्टमका लागि अहिले टीकापुर लगिएको छ ।

यता आफन्तका अनुसार गिता संज्यालको मृत्यु विष सेवन बाट नभए हत्या भएको आशंका व्यक्त गरेका छन ।

मृतका संज्यालका दाजु मिलन संज्यालले आफ्नो बहिनीको मृत्यु कुनै विष सेवनबाट नभई पारिवारिक झैझगडा बाट भएको बताए ।

उनले नौलो प्रेस सङ्ग कुरा गर्दै –मृतक गिता संज्याललाई यस अघि पनि विभिन्न समयमा पटकपटक परिवारले मानसिक याचना दिनुका साथै कुटपिट पनि गर्दै आएको र सोही क्रममा यस पटक भने उनको मृत्यु भएको उनले बताए । उनले भने आफुले छर-छिमेकी सङ्ग पनि बुझ्दा हिजो पनि उनको विषयमा घरमा झैझगडा भएको बुझिएको थियो । सो कुरा सङ्गै आफुलाई बहिनीले यस अघि पनि बताएका कुरा अनुसार उनको मृत्यु नभई हत्या नै भएको आशंका व्यक्त गरे ।

यता ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख महेश बिक्रम शाहीले आफुहरुलाई परिवारले विष गरेको बताए ।

त्यसको आधारमा अहिले उनको मृत्यु विष सेवनबाट भएको हुन सक्ने बताए । तर पोस्टमार्टम रिपोर्ट भने आउन बाकी रहेकोले अहिले नै केही भन्न नसकी बताए ।

उनले भने पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा मृत्युकका श्रीमान सुमन न्यौपाने र सासु चुमा देवी न्यौपाने लाई आफुहरुले नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय सुखड पठाइएको छ। अब अनुसन्धानको प्रक्रिया अगाडि बढाईने बताए ।

मृत्यु गिता गिता संज्यालका तिन महिनाका छोरा रहेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार