बर्दगोरियामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न, हेर्नुस् वडा सहितको विवरण

बौनिया । कैलालीको बर्दगोरियामा शान्तिपूर्ण तवरले मतदान प्रक्रिया सम्पन्न भएको छ । पालिकाको ६ वटै वडामा शान्तिपुर्ण हिसाबले मतदान भयो । यद्यपि केही वडामा भने सामान्य विवाद सृजना भएपनि निर्वाचन प्रक्रिया भने बिथोलिएन ।

प्रदेश सभा तथा प्रतिनिधि सभाको लागि आज भएको मतदान प्रक्रियामा कैलालीको बर्दगोरिया गाउँपालिकामा १४२१३ मत खसेको छ ।

बर्दगोरियामा २२ हजार १८१ जना मतदाता रहेका छ्न । यसअघि गत स्थानीय तहको निर्वाचनमा बर्दगोरियामा ६७.३९ प्रतिसत मत खसेको थियो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा ४३५६, वडा नम्बर २ मा ४४३६, ३ मा ३०५७, वडा नम्बर ४ मा कुल मतदाता ३८८१, वडा नम्बर ५ मा ३८९४ र वडा नम्बर ६ मा ३०९५ मतदाता सङ्ख्या छ्न ।

बर्दगोरिया गाउँपालिका कैलाली
जम्मा मतदाता: २२१८१
खसेको मत : १४,११३
वडा नम्बर १: २४६७
वडा नम्बर २: २८८३
वडा नम्बर ३: १६४६
वडा नम्बर ४: २३०५
वडा नम्बर ५: २७५०
वडा नम्बर ६: २०६२

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार