कैलालीमा ६३ प्रतिशत मत खस्यो

कैलाली । आज (मंसिर ४ गते) भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कैलाली जिल्लामा ६३ प्रतिशत मत खसेको छ  ।

सुदुरपश्चिम प्रदेश निर्बाचन कार्यालय धनगढीका प्रमुख निर्बाचन अधिकृत प्रेम भट्टका अनुसार आज भएको निर्वाचनमा कैलालीमा झण्डै ६३ प्रतिशत खसेको हो ।

उहाँले भन्नु भयो “ जिल्लाको सबै मतदान स्थलमा मतदान प्रक्रिया सम्पन्न भएको जानकारी आएको छ । केही ठाउँको मोटामोटी खसेको मत संख्या आएको छ । केही मात्रमा तलमाथि भए पनी झण्डै ६३ प्रतिशत मत खसेको अनुमान छ । पुर्ण विवरण केही समय पछस् आउछ ।” जिल्लाको पहाडी क्षेत्र बाट मतपेटीका ढुवानीमा समय लाग्ने भएकाले मतगणना भने भोली देखि शुरु हुन प्रदेशका प्रमुख निर्बाचन अधिकृत प्रेम भट्टले बबताउनु भयो । सुदुरपश्चिमका केही जिल्लामा छीटफुट घटना भएपनी कैलालीमा भने शान्तीपुर्ण तवरले निर्बाचन सम्पन्न भएको उहाँले बताउनु भयो ।

५ संघिय र १० प्रदेश निर्बाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा सदस्यका लागि  लागि ४८ जना र प्रदेश सभा सदस्यका लागि ७८ जनाले चुनावी मैदानमा छन । ५ लाख ३५ हजार ५ सय १४ जना मतदाता रहेको कैलालीमा २ सय ३७ मतदान स्थलका ६ सय २९ मतदान केन्द्र बाट मतदान भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार